साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरुकै लागि

Nepal Telecom ad

जलाई जलाई मन अरुकै लागि
जिउनै पर्ने जीवन अरुकै लागि ।

मरिजाँदा कसले सँगै लिन्छ र
कमाउँछ मान्छे धन अरुकै लागि ।

जवानी पनि अरुकै लागि गुम्नेछ
गुमाएछु मैले बचपन अरुकै लागि ।

सहिद बने चोकमा सालिक बनाइए
जसले थापेथे गर्दन अरुकै लागि ।

सधैं सबेरै उठेर मेरी आमा पनि
गर्छिन् खटन पटन अरुकै लागि ।

आफ्नो लागि मौन बसे पनि हुन्छ
बोल्नुपर्छ मिठो वचन अरुकै लागि ।

केटाकेटीहरू वरिपरि राखेर हजुरबा
भन्छन् आफ्नो कथन अरुकै लागि ।

केही दिन बाँच्ने पनि भोकले मर्छन्
बाचुन्जेल काम गर्छन् अरुकै लागि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x