साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरलमा आर.आर. चौलागाई

Nepal Telecom ad

अविरलको नियमित शृङ्खला अन्तर्गत मङ्सिरको एकल कविता वाचन कार्यक्रम गत ११ गते शुक्रवार राजधानीमा सम्पन्न भयो । यस शृङ्खलामा नेपाली कविताका चर्चित हस्ताक्षर हेटौँडा निवासी मकवानपुरे कवि आर. आर. चौलागाईंका एक दर्जन कविता प्रस्तुत गरियो ।

कार्यक्रम जन साहित्यिक मञ्च, नेपालको आयोजनामा भएको थियो । कार्यकमका संयोजक हुनुहुन्थ्यो डा. विन्दु शर्मा । राष्ट्रिय जन साँस्कृतिक महासंघको सभाहलमा भएको सो कार्यक्रममा चौलागाईंका कविता सुन्न श्रोताहरू हलमा खचाखच भरिएका थिए । कार्यक्रममा दिग्गज कविदेखि नयाँ पुस्ताका कविहरू समेतको बाक्लो उपस्थित थियो । प्रोल्लास सिन्धुलीय, शार्दूल भट्टराई, विप्लव ढकाल, नरनाथ लुइँटेल, पुरूषोत्तम सुवेदी, विमल निभा, श्यामल, गोविन्द नेपाल, केवल विनावी, सङ्गीत श्रोता, विनोद विक्रम के.सी., पुरू लम्साल, प्रथा, माधव घिमिरे अटल, नेत्र एटम, धनकुमारी सुनार, बादल घिमिरे, देवकी के.सी., केशव श्रेष्ठ ज्योति, गुप्तबहादुर श्रेष्ठ, निर्मोही व्यास, रूकु कार्की, रासा, रामचन्द्र भण्डारी, यमुना प्रधानाङ्ग, डम्बर पहाडी, देवकी अभिलाषी, विजय सुब्बा, प्रा.केशव सुवेदी, अनिल पौडेल, विष्णुविभु घिमिरे, नर्मदेश्वरी सत्याल, हेमनाथ पौडेल, होमराज श्रेष्ठ, मधु गुरूङ, पेम्बा लामा, माधव प्रधान, सानु पहाडी, खगेन्द्र राई, जीवेन्द्रदेव गिरी लगायत थुप्रै अग्रजदेखि नयाँ पुस्तासम्मका कवि, साहित्यकार, कलाकार र पत्रकारहरूको सहभागिताले महासंघको हलमा अचम्मको रौनकता थपिएको थियो ।

सो अवसरमा कवि चौलागाईंलाई फूलमाला, अबिर र सम्मानपत्रद्वारा सम्मानित पनि गरिएको थियो । कार्यकममा चौलागाईंका ‘मेरो कविता’ ‘मान्छेभित्रको मान्छे’ ‘मलाई डर मान्छेसँग लाग्छ’ ‘हो, काठमाडौँबाट हेटौँडा देखिँदैन’ ‘मेरो कवितामा नारा छ’ ‘एउटा मिठो कविता लेख्न सकिएन’ ‘कविताको रङ’ ‘आमाका पीडाहरू’ ‘मेरो भन्नु केही छैन’ ‘के हाम्रो एउटै आकाश हुन सक्तैन ?’ ‘तिमी र म’ र ‘श्रीपेच हराएका मान्छेहरू’ शीर्षकका १२ वटा कविताहरू पढिएका थिए ।

कविता वाचनमा कवि चौलागाईंलाई मकवानपुरे कविहरू आनन्दराम पौडेल, अप्सरा तिम्सिना, अनिता न्यौपाने, सम्झना पौडेल तथा राजधानीका कविहरू टङ्क उप्रेती र अन्विति अजबी (फरक मन)ले साथ दिएका थिए । जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष कवि राम विनयको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा माक्र्सवादी चिन्तक डा. मोदनाथ प्रश्रित हुनुहुन्थ्यो ।

कवि चौलागाईंका कवितामाथि प्रा.जगत उपाध्याय प्रेक्षितले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । कविता पढ्न सुरू गर्नुभन्दा अगाडि कवि चौलागाईंले वाचन गरिने प्रत्येक कविताको रचनागर्भ पनि सुनाउनु भएको थियो ।

स्रोत : साम्ब ढकाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x