साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सून र स्वास्नी

Nepal Telecom ad

स्वास्नीको कचकचसाग
न सरकारको कानुन चल्छ
न त भगवान्को दाल गल्छ
द्वापरमा परिक्षितले सुनमा कलि बसाएर
ऋषिको गलामा सर्प घुमाउनु भो
त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर
जङ्गलमा स्वास्नी गुमाउनु भो ।

बाघले कुकुर मारेर बिरालोलाई गुन लगाएछ
बिरालाले मुसा मारेर मान्छेलाई गुन लगाएछ
मान्छेले मान्छे मारेर स्वास्नीलाई सुन लगाएछ ।

स्वास्नीको कचकचसाग
न सरकारको कानुन चल्छ
न त भगवान्को दाल गल्छ
द्वापरमा परिक्षितले सुनमा कलि बसाएर
ऋषिको गलामा सर्प घुमाउनु भो
त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर
जङ्गलमा स्वास्नी गुमाउनु भो ।

हे सीते,
जोगी भएर वनमा जादा किन चाहिएको सुन ?
कहा लगाउने गहना ?
भगवान्की स्वास्नीलाई पनि सुनको त्यत्रो चाहना !

अहिले पनि चालीस किलोकी स्वास्नी ल्याउन
चालीसै तोला सुन किन्न पर्छ
अनि मात्र स्वास्नी खोज्न हिाड्न पर्छ
यदि स्वास्नीको आवश्यकता भए
त्यसलाई सुन चाहिन्छ–चाहिन्छ
नत्र त्यसै
अर्काको छोरीलाई स्वास्नी भन्न कहा पाइन्छ ?

मैले पनि बेहोरको छु सुन र श्रीमती
अब सुन्नुस् मेरो आफ्नै घरको दुर्गति

भोकै बस्दा रोइनन् दु:ख पर्दा आत्तिनन्
एक तोलाको औाठी बेच्दा आासु दर्कियो
छोरा पाउादा हासिनन् घर किन्दा मस्किनन्
दुई तोलाको सिक्री किन्दा टोलै थर्कियो
कैले होला धनको वास यो दु:खीको खाली पकेटमा
मेरो माया स्वास्नीमा उनको माया सुनको लकेटमा

सुन र स्वास्नी
जाने घरबार, नजाने तरबार
सुन धेरै भए पनि ज्यान जोगाउन गाह्रो
स्वास्नी राम्री भए पनि आाखाको तारो
सुन नल्याए स्वास्नीले आफौलाई मार्ली भन्ने डर
सुन ल्याए डाकाले स्वास्नीलाई मार्ला भन्ने डर
सदुपयोग गर्न जाने
सुन अमरावती, स्वास्नी भगवती
नजाने सुन काल, स्वास्नी अनिकाल
हे सुन, तेरो बैगुन
किन्दा मसक्क, बेच्दा ठसक्क, पैसा भसक्क
दिए जाती नदिए नजाती
कुरा सुन्न पर्छ अनेक भाती
लोग्नेको मन स्वास्नीमाथि
स्वास्नीको मन सुनमाथि
हातमा बाला, घाटीमा माला, नाकमा ताला
शिरमा शिरबन्दी,
दर्जीले सिए लगाउछु भन्छिन् सुनकै चौबन्दी
सुन भनेको स्वास्नी रहेछ
स्वास्नी भनेको सुन रहेछ
जोसाग सुन छ त्यसको राम्रो घर हुन्छ
जोसाग सुन छैन
त्यसकी स्वास्नी पोइल जाने डर हुन्छ

सुनकै दरीमा सुत्न पर्ने भएर सुन्दरी भनेको होला
सुनको फुल पार्न सक्ने भए त
सुनचरी भने पनि हुन्थ्यो
नपत्याए हेर्नुस्
मान्छे हेर्‍यो सत्तरी वर्षकी थोती
सुनैसुनले तानेको छ कानको लोती
केटीहरूले नाक–कानमा लगाएको सुन
सुत्दाखेरि पनि छोड्दैनन्
घाटीमा लगाउन पाए भने
पुस–माघमा पनि ओढ्ने ओढ्दैनन्
सधौ स्वास्नीको मुखबाट सुनकै चर्चा
सुन्दा–सुन्दा कानै सुन्निने गरी
जबर्जस्ती सुन्नै पर्ने भएर सुन भनेको हो कि !
यो सुन भन्ने वस्तु र स्वास्नी भन्ने प्राणी देख्दा
अब त मलाई सुन्तला नङ्ग्याउादा पनि
गहना खोल्या जस्तो लाग्छ
भौसी कराउादा पनि स्वास्नी बोल्या जस्तो लाग्छ
सधौ सिक्रीको फिक्री, स्वास्नीको जिक्री
आनन्दसाग बस्न पनि रहर भो
सुनसाग स्वास्नीको सहवास देख्दा
कतै सुत्केरी हुादा पनि सुनकै छोरा पाउाछिन् कि भन्ने डर भो !

खै कुन्नि महाकविले पनि सुनमा के देख्नुभएछ
सुन र स्वास्नीकै कथामा ‘मुनामदन’ लेख्नुभएछ
हुन त
स्वास्नीविनाको सुन पनि के काम हुन्छ त्यो डल्लो
सुनविनाकी स्वास्नी पनि त्यस्तै हुन्छ खल्लो
लोग्ने स्वस्थ छउन्जेल
सुनको तिलहरी, मङ्गलसूत्रजस्ता माला बनाउछन्
लोग्नेलाई रोग लाग्यो भने
तुरुन्त मासेर बाला बनाउछन्
रोगी लोग्ने कैले मर्छ भर हुन्न
बाला बनाए पछि उनीहरूलाई डर हुन्न
त्यसैले स्वास्नीसाग सुनको परिणाम मिलेन भने
त्यसको घरजम बेहाल हुन्छ
सुन धातुमा गहना उपसर्ग लगाएर
स्वास्नी प्रत्यय जोडेपछि लोग्ने हरिकङ्गाल हुन्छ !

स्वास्नीलाई सुन
नक्कली दिउँ के काम त्यो आाखाको छारो
सक्कली दिउँ दिन सजिलो माग्न गाह्रो
घरखर्चलाई पैसा चाहिदा मैले यस्तो भोग्या छु
एक तोलाको चुरा बेच्न तीनचोटि ढोग्या छु
फगत उनकै इच्छामा
मेरो तलब सबै सुनलब भयो
सञ्चयकोष सुनक्रयकोष भयो
ओभर टाइम सुनभरटाइम भयो
अरू स्रोतहरू सबै डामाडोल भयो
स्वास्नीकै रिक्वेस्टमा गोल्डक्वेस्ट खेलो
त्यो पनि गोल भयो
तै पनि सुनले ढकमक्क पारो
घाटीमा सुन, टाउकामा सुन, छातीमा सुन
नाडीमा सुन, औालामा सुन, गोडामा सुन
कम्मरमा सुन, नाक छेडेर सुन, कान छेडेर सुन
जता छेड्यो सुनैसुन
अब त खुसी भइन् होला भनेर
अब सुन किन्यो भने कहा लगाउने हगि भनेको त ?
दुई तोला किन्दिनुस् न
एउटा आाखाले हेर्छु
अर्को आाखा छेड्छु भन्छिन्
हेर्नुस्, सुन र स्वास्नीको सम्बन्ध अविछिन्न छ…
तर खास गुण चौ भिन्न–भिन्न छ
सुन काट्न मिल्छ, स्वास्नी काट्न मिल्दैन
सुन साट्न मिल्छ, स्वास्नी साट्न मिल्दैन
स्वास्नीले भात पकाउाछे, सुनले भात पकाउन्न
सुन बैङ्कमा राखे पैसा आउँछ
स्वास्नी बैङ्कमा राख्दा पैसा आउन्न
हामी स्वास्नीको सौखिनतामा
जीवनको जोखिमता भिरेर
पुरुषत्वको हलाल गर्दैछौ
स्वास्नीहरूको वास्तविक पति त सुन नै रहेछ
हामी त सुनलाई स्वास्नी र
स्वास्नीलाई सुन मिलाइदिने दलाल मात्रै हौ
अब त मलाई ईश्वरले के चाहिन्छ भने
अर्को जन्ममा सुन बनाइदेऊ भन्छु
पोतेको लुङमा उनिन पाउँ
स्वास्नीको छातीमा झुन्डिन पाउँ
सिद्धियो कविता अब हास्ने
जय जय सुन जय स्वास्नी !
(डामाडोल डटकमबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x