राजेन्द्र तारकिणीनेता रोग लागेको मान्छे !
मुनिको धर्ती बहुलाएपछि
मैले तोरीका फूलहरू देखेँ
नेता रोग लागेको मान्छे, सम्झ–
त्यसबेला पनि तिमी सपना बाँडेर गएका थियौ !
भेलको तन्नामै बसेर मैले
यस सालको बर्खा कटाएँ
तुसारोको पलङमै सुतेर मैले
यहीँ सालको हिउँद कटाएँ,
भो नआइदेऊ नेता रोग लागेको मान्छे
नबाँड ती ओभाना सपनाहरू,
यहाँ
नानीहरू सपनामै उठेर छाँद्छन् सपनाहरू
गाह्रो हुन्छ गाह्रो,
भेल र तुषारोभन्दा असैह्य हुन्छ
नानीहरूको चित्कार र रुवाई !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































