मनोज गजुरेलपशुपतिप्रसाद बाँचेको भए के हुन्थ्यो ?
अहिले चलचित्रको बजारमा पशुपतिप्रसादको ठूलो चर्चा छ । यो साता गजुरियल विश्लेषकले पनि सपरिवार पशुपतिको प्रसाद ग्रहण र्गयो । १२ वर्षीया छोरी मेमोरीदेखि ५० वर्षीय दाजु केशव हुँदै १७ वर्षीय छोरो मिरोज र २२ वर्षीया भतिजी कृतिसहित हामी चार हल थियौं दर्शक टोलीमा ।
पशुपतिप्रसादको दर्शन, गुण सिनेमाको व्यापार मान्दै हलमा प्रवेश गरेका भिन्न उमेर र रुचिका हामीहरू पशुपतिप्रसादको दर्शन, सिंगै जीवनको दर्शन भन्दै बाहिर निस्किएका थियौं ।
पशुपतिप्रसादले व्यापारका लागि ठेला किन्न बैना दिइसकेको हुन्छ । भष्मेले पशुपतिलाई मार्न गुन्डा बोलाइसकेको हुन्छ । मीतबाले मासेको पैसा भेला भैसकेको हुन्छ । धर्मआमाले
आफ्नो घर पशुपतिप्रसादलाई नामसारी गरिदिन वकिल बोलाइसकेकी हुन्छिन् । बुनु पशुपतिप्रसादसँग बिहे गर्न तयार भैसकेकी हुन्छे । सबैका फरक–फरक सपना, योजना, भावनाहरू त्यतिबेला चकनाचुर हुन्छन्, जब औंठी चोरेको आरोपमा पशुपतिप्रसादको कुटी–कुटी हत्या गरिन्छ ।
धेरै दर्शकको अपेक्षा थियो, पशुपतिप्रसाद बाँचेको भए हुन्थ्यो । गजुरियल विश्लेषक भन्छ, पशुपतिप्रसाद बाँचेको भए दुईवटा कुरा हुन्थे । कि ठेलाको बेपार राम्रोसँग चल्थ्यो, कि त टाट पल्टिन्थ्यो र बाबुको ऋण तिर्न डन बन्थ्यो । कि बुनुसँग बिहे हुन्थ्यो र धनीको ज्वाइँ भएर ऐस–आरामसँग बस्थ्यो, कि त बाबुले गुण्डा लगाएर ज्वाइँ थर्काउँथ्यो र छोरी फर्काउँथ्यो । कि धर्म आमाले घर पास गर्दि्न्थिन् र मोज गथ्र्याे, कि त धर्मआमाको पापी छोराले दुवैको रामधुलाइ गथ्र्याे । कि भष्मेका गुन्डाले पशुपतिप्रसादलाई मार्थे, कि त गुन्डाहरू प्रहरी खोरमा पुग्थे । पशुपतिप्रसाद नमरेको भए जे पनि हुन सक्थ्यो ।
सिनेमाको कथा हो, जता लग्यो, त्यतै जान्छ । पशुपतिमा पुगेकी बुनुले एक कल फोन गरेकी भए हनुमानले हेलो भन्नासाथ बहिरी बुनुको बोली खुल्न सक्थ्यो । औंठी चोरीको आरोपमा कुटाइ खाइरहेको पशुपतिप्रसादलाई बचाउन ट्याक्क सर्वेन्द्र खनाल पुग्न सक्थे । हुनेवाला ज्वाइँको दुस्ख थाहा पाएर बुनुका बाउले सुपर मार्केट नै खोलिदिन सक्थे । पशुपतिनाथ परिसरमा टेक्नासाथ भष्मेका डनहरूमा ब्रह्मज्ञान आउन सक्थ्यो अनि पशुपतिप्रसादका पाउमा लम्पसार परेर डनहरूले डनगिरी छोड्ने कसम खान सक्थे ।
तर टिम पशुपति प्रसादले नेपाली चलचित्रको संख्या थप्न चाहेन, गुण थप्न खोज्यो । पशुपतिप्रसादको गुण यही हो कि जतिसुकै राम्रा सपना हुन्, जति बलिया योजना बनुन्, जे प्लानिङ बनोस्, जस्तो रणनीति अपनाइयोस्, ती सबै जुनसुकै बेला सिसाका घरझैं चुर्लुम्म डुब्न सक्छन् । त्यसैले लोभ, मोह, अहंकार तथा घृणाको जन्जालमा फसेका हामीहरूले यथार्थताको मैदानमा निस्कनुपर्छ, हरि ओम् ।
सिनेमाका बारेमा कमेन्ट गर्न त मलाई पनि मन लागेको थियो नि । बुनु ओमेगा कलेजमै किन पढ्थी ? पद्मोदय क्याम्पसमा किन नपढेकी ? हनुमानजी एकदिन छुट्टी लिएर कहाँ गएका हुन् ? मीतबाले खुत्रुकेबाट पैसा निकालेको ख्याल भएन त ? बाबुलाई त्यसै चोर लगाउन मिल्छ ? सुनसाहूले बेला–बेलामा के सुँघेका हुन् ? दमको दबाई भन्ने त जान्नेले पो बुझे त, आममान्छेलाई प्रस्ट पार्नु पर्दैन ? आदि–इत्यादि कमेन्ट गर्नेलाई बोलिदिए भैगो, बनाउनेलाई कति गाह्रो भयो होला ।
खर्च पनि घटाउनु थियो होला । गीत र फाइटबिनाको फिलिम बनाइँदैछ, पौडने हो कि डुब्ने हो कि, त्यता पनि ध्यान दिनैर्पयो तर सीमित स्रोत, साधन र पात्रका आधारमा मानिसको जीवन दर्शनलाई सम्बोधन गर्ने गरी रियल सिनेमा बनाएकोमा बधाई तथा धन्यवाद ।
एउटै रियल प्रश्न, कथामा त देखाउनु भयो दीपेन्द्र के खनाल, खगेन्द्र लामिछाने, बिपिन कार्की, रवीन्द्र सिंह बानियाँले जीवनको परम्सत्य, तर यो कुरालाई आफैंले कति बोध गर्नुभयो ? गजुरियल अपेक्षा छ, हनुमान्जी हुने रवीन्द्रसिंह बानियाँ आफैं पनि ओशो संन्यासी भएकाले पक्कै पनि टिम पशुपतिप्रसादले यो परम् सत्यलाई बोध गरेको हुनुपर्छ ।
साप्ताहिक, फाल्गुन ९, २०७२
Subscribe
Login
0 Comments
Oldest










































