साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमरी स्वर्ग देखिन्न

Nepal Telecom ad

आयो फेरि निकै चिसो समय यो जाडो बढ्यो बेसरी
कामेको छ शरीर लुगलुग हुँदै बर्षी हिमैको झरी
पेटीमा पथमा तथा चउरमा चिप्लेर बाधा भयो
हिंड्नै आपत भो मरिन्छ कि भनी यो देह आधा भयो ।।१।।

पुग्नै पर्दछ काममा दिनदिनै लड्दै र पड्दै छिटो
नाना दर्द र ताप हुन्छ मनमा बोल्दा बलैले मिठो
बोल्छन शिष्ट यहाँ तथापि मनमा भारी छ कालो कुरा
मौका पाउनु पर्छ यी सकलले झिक्छन् तुरुन्तै छुरा ।।२।।

बोल्ने फुर्सद हुन्न काम गरंदा थाकिन्छ झन् ग्लानिले
सोच्नै हुन्न विदेश हुन्छ सजिलो भन्ने कुरा ज्ञानीले
कैले सम्म रहन्छ जागिर भनी भन्नै छ गाह्रो अति
जैले हाकिम झोकियो तब भयो अत्यन्त ठूलो क्षति ।।३।।

छोड्यो बन्धु सखा पिता र जननी आयो विदेशै महाँ
गर्थ्यो सुन्दर कल्पना छिनछिनै पुग्थ्यो कसोरी यहाँ
‘मर्नै पर्दछ स्वर्ग देख्न सबले’ देखिन्न जिम्दो हुँदा
पश्चाताप रहन्छ भित्र मनमा तड्पेर साह्रै रुँदा ।।४।।

नैकाप, काठमाडौं, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x