मुकुन्द आचार्यराजनीतिशास्त्रका छात्रछात्रालाई…
राजनीतिशास्त्रका एकजना प्रध्यापक मित्रको घरमा एकैछिनका लागि पुगियो । विश्वविद्यालयमा आफ्नो पहुँच छ भनी देखाउन ती मित्रले मलाई उनले सेट गरेको एक प्रश्नपत्र देखाए ।
राजनीतिशास्त्रका छात्रछात्रालाई अत्यन्त लाभदायक होला भनेर मलाई संझना भए जति प्रश्नहरू, बताइदिन चाहन्छु । ती यस प्रकार छन्–
क) किशुनजी र गिरिजा बाबु बीचको झगडा जोई पोइको झगडा जस्तो परालको आगो हो, प्रमाणित गर्नुहोस् ।
ख) नेकाको दोस्रो पुस्तामा कुन चैं चंखे बाहुन प्रधानमन्त्री हुने सत्य प्रयासमा छन् ?
ग) कुर्सी र सन्तमा के सम्बन्ध छ ? सन्तले कुर्सीमा बसेर भजन गर्छन् ?
घ) चौहत्तर र छत्तीस अङ्क कुन कुन समूहको परिचायक हो ?
ङ) मन्त्री हुन्छु भनेर ढुक्क भएका तर हुन नपाएका सांसदहरूले निराश भएर आत्महत्या गरेनन् भने पार्टीको हत्या गर्ने सम्भावना कति छ ?
च) सहीमा रेजा लगाउनुहोस् :–
अ) बालहठ ठूलो हुन्छ ।
आ) नारीहठ ठूलो हुन्छ ।
इ) नेताहठ ठूलो हुन्छ ।
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































