साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो काठमाडौंमा

Nepal Telecom ad

धुलो धुवा भिडभाड हुन्छ तिम्रो काठमाडौंमा
सधैं तछाडमछाड हुन्छ तिम्रो काठमाडौंमा ।

खुसी खोज्ने नियतले कोहि नआए हुन्छ
जिन्दगी नै उजाड हुन्छ तिम्रो काठमाडौंमा ।

पानी समेत किन्नुपर्छ अरु कुरै छाड्दिउँ
क्षणमै गोजी टाट हुन्छ तिम्रो काठमाडौंमा ।

वल्लो घरको छिमेकीलाइ दुख पर्दाखेरी
पल्लो घरमा चाड हुन्छ तिम्रो काठमाडौंमा ।

सुबिधाको नाउमा सबै लुट्ने मात्रै हुन्छन्
अभावैको पहाड हुन्छ तिम्रो काठमाडौंमा ।

भ्रष्टाचारी अपराधी दलाल र तस्करहरूलाई
मन्त्री ज्यूको आड हुन्छ तिम्रो काठमाडौंमा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x