ठट्यौली : देवताकै गुण
चैतमा वर्षा भएपछि मान्छेले वर्षामन्त्री मेघराजलाई सोध्यो, “हैन हजुर वर्षान्तमा यो वर्षा किन ?
मन्त्रीले सचिव बादलबहादुरलाई सोधेर जवाफ दिए– “यो वर्षभरिको पानीको बजेट फ्रिज हुन लागेकाले खर्च गरेको नि !”
मान्छेले भन्यो– “चाहिँदा नदिने, अहिले के काम ?”
मन्त्रीले जवाफ दिए– “तिमीहरूले असार बिस गतेपछि विकास बजेट खर्च गर्न हुने, जनतालाई भोकै राखेर अनुदानको चामल कुहाउन हुने अनि भूकम्पपीडितलाई एक वर्षपछि लुगा पठाउन हुने अनि मैले दुई महिना अगावै वर्षा गराउन नहुने ? देउता त तिमीहरूकै हुँ त गुण पनि तिम्रैजस्तो हुने भयो नि ।”
मैले बुझें जस्ताको अन्न खायो त्यस्तै भइँदो रहेछ ।