साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झमक अब चलचित्रमा

Nepal Telecom ad

धनकुटा, फागुन २८ । मदन पुरस्कार विजेता झमक घिमिरेको जीवनीमा आधारित चलचित्र निर्माण हुने भएको छ । विष्ट ब्रदर्श फिल्मस् प्रालिले घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ नामको चलचित्र बनाउन लागेको हो ।

झमक घिमिरे साहित्यकला प्रतिष्ठाको स्थापना दिवसको अवसर पारेर आगामी चैत १५ गतेबाट चलचित्रको छायाङ्कन शुरु गरिने भएको छ ।

२५ दिनभित्र छायाङ्कन सक्ने लक्ष्य लिइएको सो फिल्म २ घण्टाको हुने जनाइएको छ । ३५ वर्षअघि झमक जन्मिएको घरको दृष्य देखाउन पुर्ख्यौली घरको निर्माण सुरु गरिएको निर्देशक विनोद विष्टले जानकारी दिए ।

फिल्ममा झमक सानो छँदाको रोल, सिलगुढीकी अवस्था थापा र ठूला हुँदाको रोल काठमाडौंकी रोजिता बुद्धचार्यले गर्ने भएका छन् । चलचित्रको ९९ प्रतिशत छायाङ्कन झमकको जन्मथलो धनकुटा नगरपालिका– ३ कचिँडेमा हुने बताइएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x