साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाइँ कुन पार्टीको

Nepal Telecom ad

  दश बाह्र वर्ष अगाडिसम्म कुन नेता कुन पार्टीको हो परैबाट चिनिन्थ्यो । राजावादीहरू दौरा सुरुवालमा चिटिक्क देखिन्थे, काङ्ग्रेसीहरू टाइसुटमा गमक्क सजिन्थे, कम्युनिस्टहरू सर्टप्यान्टमा लिख्रिक्क भेटिन्थे । अर्थात् लवाइ खवाइका आधारमा कसले कुन सिद्धान्त बोकेको छ भन्ने ‘खुट्टी हेरेरै’ थाहा पाइन्थ्यो । 

अहिले परिस्थिति बदलिउको छ । चिल्लो अनुहार देखेर ‘जय नेपाल’ भनेको मान्छे ‘गौरवशाली पार्टी’को केन्द्रीय नेता हुनसक्छ । फुस्रो गाला देखेर ‘लालसलाम’ गरेको मान्छे ‘गौरवशाली पाटी’को वरियठ नेता हुनसक्छ ।
यस्तो लाग्छ– अब कसैको जीवनशैली हेरेर उसको ‘सैद्धान्तिक धरातल’ बुझ्न सकिँदैन किनभने उनीहरूले लिएको बिचार र गरेको ब्यवहारमा आकाश जमिनको अन्तर छ । ‘क्रान्तिकारी पार्टीको’ नेता व्यवहारमा ‘भ्रान्ति’तिर लागेको हुन सक्छ, ‘बुर्जुवा पार्टी’ कार्यकर्ता पनि व्यवहारमा ‘प्रगतिशीलता’लाई अँगालरिहेको पनि हुनसक्छ । सिद्धान्तलाई व्यवहारमा लागु नगर्दा पार्टी सुभचिन्तकलाई त मर्का परेकै छ, त्योभन्दा ठूलो मर्का सर्वसाधारणलाई परेको रहेछ ।
सुदुरपश्चिमका एकजना व्यापारी मित्रलाई चन्दा माग्नेले हैरान बनाएछन् १ उनले मलाइ सोधे– “को कुन पार्टीको नेता कार्यकर्ता हो, कसरी चिन्ने रु” मैले आफ्नो अनुभव सुनाएँ– “उनीहरूको सवारी हेरेर पत्ता लगाउनुस् न ।” फेरि सोधे– “कसरी रु’ मैले सुझाएँ– ’काङ्ग्रेस हो भने पजेरोमा आउँछन्, एमाले बाईकमा र माओवादी हो भने साइकल वा पैदल आउँछन् ।’ उनले बुझेझैं गरेपछि मैले भनेँ– ‘त्यसैका आधारमा उनीहरूसँग व्यवहार गर्नुहोला ।’ उनले निधार खुम्च्याउँदै भने–‘त्यो शूत्र त यो जिल्लामा असफल भैसक्यो नि ।’ मैले सोधेँ– ‘किन र रु’ उनले रहस्य खोले– ‘यहाँ त माओवादी ‘स्क्रोपियो’ गाडीमा, एमाले ‘बोलेरो’मा र काङ्ग्रेसहरू प्राडो र पजेरोमा १’
यसो सम्झिएँ– ‘ए, साँच्ची हो त, अहिले गाडी नहुने त ‘गणतन्त्रवादी’ हुनै सक्दैन नि ।’ त्यसपछि व्यापारी मित्रलाई अर्को तर्क सुझाएँ– ‘पार्टी चिन्न तपाईं ‘चिया शूत्र’को प्रयोग गर्नुस् ।’ उनी आशावादी नजरले मतिर हेर्न थालेपछि मैले भनेँ– ‘अब उप्रान्त जो तपाईंकोमा चन्दा माग्न आउँछ, अरू कुनै कुरा नगरी पहिले सोध्नोस्– ‘चिया टक्रयाउँ कि कफी रु’ यदि त्यो मान्छे ‘पार्टी कार्यकर्ता’ हो भने ‘कफी’ माग्नेछ । किनभने गाडी चढ्ने हैसियतको मान्छे चियामा पक्कै अल्झिने छैन ।’ मित्रले समस्या राखे– ‘त्यो त मैले बुझेंँ । तर मलाई त प्रष्ट रूपमा ‘कुन पार्टीको मान्छे हो, त्यो थाहा पाउनु प¥यो हजुर ।’
मैले उपाय बताएँ– ‘पख्नोस् न, त्यसको पनि कुरो आउँदैछ ।’ उनी सम्हालिएपछि मैले थपेँ– ‘कफी मागे पार्टीको मान्छे रहेछ भन्ने बुझ्नोस्, चिया माग्यो भने ‘पाती पढ्ने मान्छे’ हो भन्ने बुझ्नोस् । यदि चिया र कफी बाहेक ‘चिसोपदार्थ’ माग्यो भने ‘पार्टी खाने मान्छे’ हो, बुझिहाल्नोस् १’
उनले समस्या राखे–‘पाती पढ्ने’ वा ‘पार्टी खाने’ भन्दा पनि पार्टीमा काम गर्ने मान्छे चिन्नु छ । किनभने को, कुन पार्टीको मान्छे हो, मैले सोही अनुसार व्यवहार गरिन भने मेरो ‘राम नाम सत्य’ हुन सक्छ ।’
मैले उनको समस्यालाई समाधान गर्न थप प्रयास गरेँ– ‘त्यसो भए तपाईं कफीलाई पनि ‘जेनेरेलाइजेसन’ गर्नुस् ।’ उनी आशावादी नजरमा मलाई हेर्नथाले । ‘कुन कफी ल्याउँ’ भनेर सोध्नोस् । उनीहरूको जवाफबाट तपाई प्रष्ट चिन्नु हुनेछ, को कुन पार्टीको मान्छे रहेछ ।’ उनले सोधे– ‘कसरी रु’ मैले भनेँ– ‘माओवादीले भन्ने छ– ‘कडा ब्ल्याक कफी ल्याउनोस् ।’ काङ्ग्रेसले भन्ने छ– ‘मिल्क कफी ल्याउनोस्, चिनी कम गरेर । अनि एमालेले भन्नेछ– ‘जुन भए पनि भैहाल्छ, चिया ल्याउनोस् न ।’
उनले सोधे– ‘अनि मधेशवादी नि रु’ मैले जवाफ दिएँ– ‘मधेशवादीले चिया कदापि माग्ने छैनन्, किनभने उनीहरूलाई लाग्ने छ– पहाडमा उत्पादित चियाले ‘मधेस मुक्ति हुँदैन १ कफीप्रति पनि उनीहरूको आशक्ति नहुनसक्छ– किनभने उनीहरूलाई लाग्न सक्छ– कफी पहाडिया अहङ्कारवादको प्रतीक हो । त्यसैले उनीहरूले न कफी माग्ने छन्, न त चिया नै– उनीहरूले पक्कै पनि चिया र कफीको साटो ‘चाय’ अर्डर गर्नेछन् १
मित्र एकछिन घोत्लिएपछि बोले– ‘तर समस्या अझै गहिरो छ ।’ मैले उनलाई ‘इन्करेज’ गर्दै भनें– ‘भन्नोस्, समस्याको खाल्डो पुर्न म सहयोग गर्छु ।’ उनी भन्न थाले– ‘यहाँ त पार्टी चिनेर मात्रै नहुने रहेछ, त्यो मान्छे कुन गुटको हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।’ मैले उनलाई सुझाएँ– ‘माओवादीको ‘गुट’ पहिचानका लागि पनि कफी शूत्रकै प्रयोग गर्नुस् ।’ उनले सोधे– ‘जस्तो रु’ मैले बेलिबिस्तार लगाएँ– ‘यदि प्रचण्ड गुटको मान्छे हुन् भने उनले कफी पिउने कुरामा ‘कन्फिडेण्ट’ देखिन्छन् । जस्तो कि, उनले भन्ने छन्– ‘मने निश्चित रूपमा कफी नै पिउनुपर्छ भन्ने हाम्रो ‘ठम्याई छ ।’ तर बाबुराम ‘लाईन’को कुनै कुरामा पनि ठम्याई हुँदैन, उनीहरूलाई ‘कफी पिउनुपर्छ कि भन्ने ‘लाइरा’ हुन्छ । उता बैद्य लाइनकाले तपाईंलाई आदेश गर्नेछन्– ‘कफी पिउनुपर्छ भनेर भन्नोस् १’
मेरो शूत्र सुनेर उनी दङ्ग पर्दै सोधे– ‘एमालेमा पनि गुट छन्, कसरी चिन्ने रु’ मैले जवाफ दिएँ– ‘त्यसका लागि ‘मसला शूत्र’ प्रयोग गर्नुस् । प्लेटमा विभिन्न थरीबा मसला राखेर उसको अगाडि राख्नोस् । यदि ऊ ‘ओली गुट’ को हो भने दुई टुक्रा ‘सुपारी’ मुखमा हालेर चपाउन थाल्ने छ, किनभने भने ओलीजीको जिल्ला झापामा धेरै सुपारी फल्दछ ।’
खनाल पक्षको मान्छेले सुपारी छुँदा पनि छुंदैन, किनभने आफ्नो प्यारो नेताको जिल्ला इलाममा फल्ने ‘अलैंची’ तिरै हात लर्काउनेछ । जहांसम्म माधव नेपाल गुटका मान्छेको कुरा छ– उसले सुपारी अलैंची दुवै टिपेर मुखमा हाल्दै भन्ने छ– आफू त ‘पान धेरै खाने’ रौतहट जिल्लाका नेताको मान्छे परियो ।’
मित्र दङ्ग पर्दै बोले– “धन्यवाद गुजरालजी १ अब मलाई ‘देउवा गुट’, ‘पौडेलपथ’, ‘सुशील लाइन’, ‘फोरम मोर्चा’, ‘सद्भावना समूह’, ’तमलोपा वर्ग“ को बारेमा पनि बताई दिनोस् न ।’ मलाई झनक्क रिस उठ्यो– ‘पहिले एक पेट खाजा खुवाउनोस्, अनि बोल्छु ।’ उनले सोधे– ‘यो चाहिं कुन लाईन हो रु’ मैले हाँस्दै जवाफ दिएँ– ‘भोक बिरूद्धको लाईन ।’ त्यसपछि उनी खाजा लिन निस्किएका, अहिलेसम्म फर्किएका छैनन् । म बसौंं कि निस्किऔं, मेरो ‘लाइन’ चाहिँ अन्योलमा छ ।

झापा, हाल कामठण्डौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x