साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज सडकमा मैले देखेँ !

Nepal Telecom ad

सडक किनाराका केही चोकहरूमा
आफू बेचिइन वा आफूलाई बेच्न पर्खिरहेका
अनि कोही अरूलाई किन्न मोलतोल गरिरहेका
हुलका हुल मानिसहरूलाई देखँे !
टेवल र बाकस टाउकोमाथि अड्याएर
डमरूको पटर–पटर बजाँ बजाउँदै
महिलो पहिरनमा ‘व्यापार गर्न’ निस्किएका
‘मनुवा’ चट्पटेलाई देखेँ !
प्राडो र पजेरोमा हुइँकिँदै
सुकिलो पहिरनमा ठाँटिएर
टेलीफोनबाटै व्यापारको कुरा छिनीरहेका
‘ठूला–मानिस’लाई देखेँ
गल्ली गल्लीमा
‘ए…टुटल–फूटल ! आलु–भेन्टा !’ को
विचित्र शैलीमा उद्घोषण गर्ने
गंगाकिनारका गरिव भाइहरूलाई देखेँ !
कोही रातो र निलो प्लेट मिसिएको
चिल्ला कारहरूमा सबार भएर
‘मनुवाहरू’ माथि शासन गर्न
हिँडिरहेका ‘ठूला मानवहरू’ लाई देखेँ !
‘ब्रह्म सत्य जगत मिथ्या’को अलख जगाउँदै
देहीमा लागेरै छोड्ने
सत्य भोक मेट्नका लागि
भिक्षा माग्दै हिँड्ने जोगी बैरागीलाई देखेँ !
मोटरसाईकलमा सवार भई
आफ्ना पछाडि ल्यापटप झुण्ड्याएको
पहिल्यै आफूलाई बेची, बेचिन हिँडिरहेको
‘आफूजस्तै’ मजदुरलाई पनि देखेँ !

२३ चैत्र, २०७२
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x