साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम धोको

Nepal Telecom ad

हट्टाकट्टा तथा रातापीरा लाहुरेबा हेर्दाहेर्दै सुकेको रुखजस्ता भए । गाउँमा धामीझाँक्री, वैद्य, कम्पाउन्डर आदिले उपचार गर्दा पनि रोग निको नभएकाले उनी काठमाडौं गए ।

– ‘तपाईंलाई टि.वि. रोग लागेको छ ।’
छाती रोग विशेषज्ञले टि.वि.को औषधि चलाए ।

– ‘तपाईंलाई मृगौलाको रोग लागेको छ ।’
मृगौला विशेषज्ञले एक झोला औषधि सिफारिस गरे ।

– ‘तपाईंको हड्डी खिइएको छ ।’
हाडजोर्नी विशेषज्ञले दिएको औषधिले उनको पेटमा ज्वालामुखी विस्फोट भयो ।

– ‘तपाईंलाई अल्सर भएको छ ।’
पेटरोग विशेषज्ञले जाँचेपछि पानाभरि औषधि लेखिदिए ।

– ‘तपाईंलाई घाँटीको रोग लागेको छ ।’
नाक–कान–घाँटी रोग विशेषज्ञले अर्को एक झोला औषधि सिफारिस गरे ।

– ‘तपाईंलाई क्यान्सर लागेको हुन सक्छ ।’
क्यान्सर रोग विशेषज्ञले वायस्पी गर्न मासुको कण झिके ।

– ‘तपाईंलाई मुटुको रोग लागेको छ ।’
मुटुरोग विशेषज्ञले आजीवन जाँचपडताल तथा औषधि सेवन गर्नुपर्ने बताए ।

– ‘तपाईंलाई डिप्रेसन भएको छ ।’
मानसिक रोग विशेषज्ञले लेखिदिएको औषधिले उनी दिनभरि झुम्म परे ।

– ‘तपाईंको अप्रेसन गर्नुपर्छ अनि मात्र रोगको जरो पत्ता लाग्छ ।’
सर्जनले अप्रेसनको डेट दिए ।

लाहुरेबा सिकिस्त भए । उनलाई बीसको उन्नाईस भएन । बदलामा बीसको चालीस भयो । उनको अवस्था दिन प्रतिदिन नाजुक हुँदै गयो । परिवार तथा आफन्तहरूले आशा मारे ।

जेठो छोराले गहभरि आँसु पारेर सोध्यो– ‘बा ! हजुरको अन्तिम धोको के छ ?’
– ‘खै बाबु कसैले डिप्रेसन छ भन्छन्, कसैले अप्रेसन गर्नुपर्छ भन्छन्, अरु पनि केके हो केके भन्छन् । मर्नुभन्दा पहिले आफूलाई लागेको रोग थाहा पाउने धोको छ बाबु ।’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x