साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सारगर्भित भाषण

Nepal Telecom ad

“हैन ए निलु, तिमीले आज मेरो लुगामा आइरन गरिनौ कि के हो ?” भक्तबहादुरज्यूले सोध्नुभो । निलमले पनि अघि नै भनेको भए पनि उनका लुगामा आइरन गरिदिन बिर्सेकी रहिछिन् ।
“किन हो ? कहाँ जानु छ आज हजुरलाई ?” सोधिन् ।
“आज विश्व धुम्रपान निवारण दिवस हो । यसैले मलाई त्याँ सभागृहमा आयोजना गरिने कार्यक्रममा सम्मान गर्ने अरे । त्यसमा जानु छ भनेको सुनिनौ ?”
“ए ए बुझे । म गरिदिन्छु नि !” भन्दै निलमले भक्तजीका लुगामा मिलाएर अइरन गरी तयार पारिदिइन् । उनी समाजका निकै प्रतिष्ठित व्यक्तित्व थिए । लवाइ खवाइबाट पनि यो कुरा बुझिन्थ्यो ।

बेलुका पख भक्तजी सभागृहमा गए । सबैले उनलाई हार्दिक रुपमा स्वागत गरे । उनको भव्य अभिनन्दन पनि भो । उनले धुम्रपानबाट हुने हानीका बारेमा सारगर्भित भाषण दिएकोले पत्रिकाका पत्रकारहरू, टेलिभिजनका सम्वादाताहरूले उनका सबै भाषणलाई कभरेज गरे । सभामा उपस्थितहरूबाट गडगडाहटका रुपमा ताली पाए । सबैले उनलाई उच्च बौद्धिकताले भरिएको र उपयोगी मन्तव्य दिएकोमा बधाई पनि दिए ।

भक्तजीले आत्मसम्मान बढेको अनुभव भो । अनि खादा माला अबिर अभिनन्दन, प्रमाणपत्र र वर्षको त्यो क्षेत्रको उत्कृष्ट सामाजिक व्यक्तित्वका रुपमा उनको मूल्याङ्कन भो र धुम्रपानको लतबाट जोगिने काममा वर्षभरिमा पत्रपत्रिकाहरूमा विशेष रुपमा लेख रचनाहरू प्रकाशित गरेर योगदान पुर्याएकोमा उहाँलाई धुम्रपान विरुद्धको अभियानमा स्थानीय क्षेत्रको वर्ष पुरुषका रुपमा अनेक संघ संस्थाहरूले पनि आआफूले सकेको उपहार दिएर अभिनन्दन गरे । भोज पनि राम्रै भयो । संस्थाकै तर्फबाट उहाँलाई राति नौ बजेतिर गाडीमा हालेर घर पुर्याइयो ।

घर आउँदा नआउँदै उनको शरीर बडो बेचैन अनुभव भयो र अनि निलुलाई बोलाए ।
“दिउसो भरिको टेन्सन भगाउन ता केही नलिई हुन्न । अब निद्रा लाग्ने हैन । बरु त्याँ फीजमा सोडा छ कि छैन हेर हेर” भन्दै आफ्ना खोकिलामा लुकाएर लिई आएको भ्याट–६९ को बोतल खोले ।

“लौ लागु पदार्थ विरुद्ध सम्मानित भएको मान्छेको हालत यहाँ हेरिदेओ है…” व्यङ्ग्य मिश्रित भावमा निलुले भनिन् ।
“नकरा तँ, बढी बाठी हुन्छे” उनले भने ।

अनि त्यसपछि बोतलको बिर्को खोलेर ग्लासमा खन्याई घुट्क्याउन थाले । उता टेलिभिजमा भने उनको सारगर्भित भाषणको पूर्ण अंश आइरहेको थियो ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x