साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेको शहरमा देउताको के काम ?

Nepal Telecom ad

यो मान्छेको शहरमा देउताहरुको काम छैन ।
चरित्र बिक्छ पैसासँग प्रेमको कुनै दाम छैन ।।

असल कसलाई भन्ने यहाँ, यहाँ को छ बैमान ?
पूजा हुन्छ तस्करको सज्जनहरुको नाम छैन । ।

लुट्नेले लुट्यो निमुखालाई बोलिदिने को छ यहाँ ?
काम गर्ने मज्दूर किसान भुँडीभरी माम छैन ।।

कसले रोप्यो कालो रात ? प्रकाशको चाँजो बिना ।
अँध्यारोमै गयो जोवन उज्यालिने घाम छैन ।।

आशै आशमा जिजीविषा अब कति बाँच्नुहोला !
तिम्रो नामको चिठी आयो बाहिर कुनै खाम छैन ।।

सपना टुटे विदेशतिर मृत्यु रोज्यो जीवनले ।
बाँधिएर आयो कफन गाड्ने कुनै ठाम छैन ।।

यो मान्छेको शहरमा देउताहरुको काम छैन ।
चरित्र बिक्छ पैसासँग प्रेमको कुनै दाम छैन ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x