साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेको शहरमा देउताको के काम ?

Nepal Telecom ad

यो मान्छेको शहरमा देउताहरुको काम छैन ।
चरित्र बिक्छ पैसासँग प्रेमको कुनै दाम छैन ।।

असल कसलाई भन्ने यहाँ, यहाँ को छ बैमान ?
पूजा हुन्छ तस्करको सज्जनहरुको नाम छैन । ।

लुट्नेले लुट्यो निमुखालाई बोलिदिने को छ यहाँ ?
काम गर्ने मज्दूर किसान भुँडीभरी माम छैन ।।

कसले रोप्यो कालो रात ? प्रकाशको चाँजो बिना ।
अँध्यारोमै गयो जोवन उज्यालिने घाम छैन ।।

आशै आशमा जिजीविषा अब कति बाँच्नुहोला !
तिम्रो नामको चिठी आयो बाहिर कुनै खाम छैन ।।

सपना टुटे विदेशतिर मृत्यु रोज्यो जीवनले ।
बाँधिएर आयो कफन गाड्ने कुनै ठाम छैन ।।

यो मान्छेको शहरमा देउताहरुको काम छैन ।
चरित्र बिक्छ पैसासँग प्रेमको कुनै दाम छैन ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रुपियाँ

रुपियाँ

पुरूषाेत्तम सिग्देल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x