साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक

Nepal Telecom ad

छेडी पहाड अरुले द्रुत रेल हाँके
पुर्दै समुद्र उसमाथि विमान राखे
सुख्खा मरूभूमि थियो शहरै बसाए
भएर एक जनता श्रममा रमाए ।

शिक्षा त प्राविधिक नै सबमा दिलाए
ठूला विचार मनभित्र अझै बढाए
धेरै अरु मुलुकले गति तीव्र पारे
संमृद्धिको अझ नयाँ बिरुवा उमारे ।

बोकेर चिन्तन सदा ’अझ गर्न बाँकी’
धेरै छ रे मुलुकमा रुप भर्न बाँकी
यस्तै निरन्तर डुबी तप सिर्जनामै
स्वर्गै बनाउन भनी कवि कल्पनाझैं ।

हामी त खालि अदलीबदली व्यवस्था
वर्षौं बिताइ दिनुको नमिठो अवस्था
गर्दै अझै पनि हरे ! मुख नाक बन्द
बोली छ प्राप्ति अधिकार नयाँ बुलन्द ।

जैल्यै तनाव झगडा र विरोध हुन्छ
जैल्यै शहीद विचरा अविराम रुन्छ
मार्नेहरू जति भए अझ देख्छु भुक्ने
हार्नेहरू सब भए दुखभित्र लुक्ने ।

जोगीहरू सब भए अब कान चिर्ने
भोगीहरू सब भए जनचाह पिर्ने
हामी सदा भुइँमुनि युग चन्द्रमामा
मैले दिनै सकिनँ हे ! सुख मेरी आमा ।

‘यस्तै रहोस्’ भनिदिए मन कत्ति मिल्छ
केही गरौं नभन भो ! मन अत्ति पिर्छ
राम्रो कुरा हुन कतै किन दिन्न मान्छे
आफैं अघाउनु पर्यो किन ? दुष्ट भान्छे !

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x