साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्याङ्गे

Nepal Telecom ad

हरदिन, जीवनकथाको एक असहाय अध्याय लेखिन्छ
समयको गोरेटोमा एक्लो यात्री हिँड्छ
आफ्नै रहरको यात्रामा मलामी जान्छ
नाप्छ उकाली–ओराली
बोक्दै नियतिको भारी ।
स्याङ्गेको निधारको स्लेटभरि
थकान र दुर्भाग्य धर्काधर्की कोरिन्छन् ।

मनको डाँडाकाँडा
पीरव्यथाको लथालिङ्ग हावाहुन्डरी उड्छ
सुकेनास छातीको चिहानमुन्तिर
गाडिन्छन् आकाङ्क्षाहरू जीवितै ।
ठाउँ–कुठाउँ
स्याङ्गेलाई चुनौती दिँदै ठडिन्छ दुखका पहाड
ऊ थाक्दैन
र, उक्लिरहन्छ जीवनका गोरटाहरू
पुगेर चुचुरोबाट चिच्याउँछ–
सुनौला सपना ।

स्याङ्गे
बर्खामासमा बूढीगण्डकी मात्तिदै उर्लंदा
नदी किनार हतास उभिँदैन
सारा पीरव्यथा बोक्दै
अक्करे भीरको छेउछेउ हिँड्दैन
ताक्दैन हातमा नाम्लो लिएर
आफ्नै घरको छानो ।
स्याङ्गे
मनको कचौराभरि अभाव पिउँछ
भाग्यको थालभरि दुःख थाप्छ
समयको हर प्रस्तावमा निर्दोष ल्याप्चे लगाउँदै
जीवनको कर्कश गीतमा
झुमिदिन्छ लययुक्त दैनिकी ।

स्याङ्गे
मेरो मनको आकाशैभरि
उडाउँछ प्रश्नका बेहिसाब चङ्गाहरू
सोच्न बाध्य पार्छ मलाई
ऊजस्तै
असङ्ख्य–असङ्ख्य स्याङ्गेबारे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x