साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राणबाट छुटेको शरीर

Nepal Telecom ad

मेरो शिर माथिको बादल कहिल्यै हटेन
त्यसैले आङमा घाम कहिल्यै लगेन
बादलहरू मडारी रह्यो
कहिले राहत वितरणको नाममा
कहिले पुनरनिर्मणको नाममा
अनी
कहिले भुइँचालो पीडित परिचय पत्रको नाममा
यहाँ नेर हो मेरो छोरा खेल्दै थियो
त्यहाँ नेर छोरी भोक लागो भनेर रुदै थिई
त्यहीँ नेर बिलायो
बैशाख १२ गते ७२ साल
सात दिनसम्म खोजियो
निसानी फेला परेन
त्यसैले आस लाग्छ
झल्को आउँछ
अझै छोरी रुँदै होली
आमा भोक लाग्यो भनेर
त्यसपछि
यी आँखाहरू कहिल्यै ओभानो भएनन्
दुखका कुराहरू यिनै हुन् कसैले सुनेनन्
बद्री काकाले भन्दै हुनुहुन्थ्यो
कम्सेकम सरकारले
पुनरनिर्माण आयोग गठन गरेको छ रे
खै मलाई पत्यार लागेन
राष्ट्रकै अग्लो मान्छेलो शिल्यान्यास गरेको
रानीपोखरी त बनेन भने
गोर्खा, सिन्धुपाल्चोक
अनि चरिकोटमा
चरा बनेर सरकार कहिले आउँछ गुँड बनाउन
यो कुरा सरकारलाई नै थाहा छैन
मैले कसरी चाल पाउनु ?
कि दिन्न भन्नु
कि त दिनु
यो सरकारको भरोसा छैन वावु
यो भित्ताको क्यालेन्डर कति फेरिने हो वावु
हिउँदसङ्ग बर्खा कति साटिने हो वावु
यी यो परालको छानो
पानी परे चुहिन्छ वावु
जिउबाट चोइटेको अङ्ग
प्राणबाट छुटेको शरीर
जनताबाट टाढिएको सरकार
छिट्टै कुहिन्छ वावु ।

भारपाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x