साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिउन साप

Nepal Telecom ad

हिजो बार बजे पनि अफिस खुलेको थिएन । अफिसका सबै कर्मचारी ‘घुस खान पाउनु पर्छ, यो हाम्रो नैसर्गिक लोकतान्त्रिक मानवाधिकार हो, लोकतन्त्र ल्याउन हाम्रो पनि महत्वपूर्ण भूमिका भएकाले कहीँ कतैबाट प्राप्त हुने सुविधाबाट हामी वञ्चित हुनु हुँदैन’ भन्दै चौरमा जम्मा भएर गफ चुटिरहेका थिए । कुरा नाजायज नभएकाले म पनि तिनीहरूको चौरे भेलामा सामेल भएँ ।
साढे बार बजेतिर एक्कासि अफिसको ताला खुल्यो । सबैका आँखा त्यतैतिर तन्किए । यस पटक हडताल, अनसन, तोडफोड, चक्काजामजस्ता दबाबमूलक कार्यक्रम केही नगरी अझ भनौं वार्ताटोली नै नबनाई सरकारले हाम्रा माग पूरा गरेछ, धन्य सरकारमा बस्नेहरूमा पनि सद्बुद्धि पलाएछ भन्दै कर्मचारीहरूले प्रसन्नता व्यक्त गरे । ‘तैपनि दुई घन्टा त बन्द गरिएकै हो नि ! नत्र हाम्रो माग कहाँ पूरा हुन्थ्यो र ?’ भन्दै सुब्बेनीले आँखा सन्काई । चौरमा भेला भएका सबै कर्मचारी ह्वार्र अफिस भित्रिए र दनादन हाजिर बजाउन थाले ।
हाजिर बजाएर मन्त्रालयमा मिटिङ छ भनी सुब्बेनी सापलाई लिएर गरकोटतिर हानिने विचार गरी मैले पनि कुर्सीमै नबसी हाजिर खाता पल्टाएर अस्तिदेखिको बक्यौता हाजिर ठोकें ।
त्यसै बेला मैले पिउन सापलाई सोधें— ‘माथिबाट हाम्रा माग पूरा भएको पत्र आयो ?’
उसले जिल्लिदै भन्यो— ‘केको माग ? कस्तो माग ?’
मैले भनें- ‘आज विनामाग नै अफिस बन्द भएको थियो त ?’
उसले मुस्कान छर्दै भन्यो— ‘ए यो बन्द ? म हाम्रो पाटी सङ्गठनको उद्घाटन कार्यक्रममा भाग लिन गएकाले त्यहा“बाट फर्केर आउ“दा केही ढिलो भएर पो अफिस नखोलिएको त !’
हुँ… म झस्किएँ । केही भनिसक्नु थिएन । जागिरै उडाइदेला भन्ने डर !
उसले आदेशका स्वरमा थप्यो— ‘घुस खान पाउने हाम्रो मौलिक हकको संवैधानिक सुरक्षा हुनुपर्छ भन्ने एक सूत्रीय माग पूरा गराउन हाम्रो पाटी सङ्गठनको बैठकले भोलिदेखि अनिश्चित कालीन बन्दको घोषणा गरेको छ । आवश्यक तयारीका लागि मचाहिँ हिँडें, भरे ताला लगाएर जानुहोला ।’
ऊ मिलिक्कै त्यहाबाट अलप भयो । म किंकर्तव्यविमूढ भएर उभिइरहें । के गर्नु म हाकिम भएर ? ऊ पर्यो पार्टीको सदस्य, आफू कुनै पाटीको सदस्य नभएकाले मेरो हैसियत उसको जति भए पो ! आदि सोच्दासोच्दै मलाई कताकता आकाशले थिचेजस्तो लाग्न थाल्यो । सबै कर्मचारीहरू अगि नै टाप ठोकिसकेछन्, त्यहाँ त म मात्रै पो रहेछु !
म पनि अफिसको झ्यालढोका बन्द गरेर बाहिर निस्कें । मेरो ड्राइभर साप पनि सङ्गठन विस्तारका लागि सुब्बेनी सापलाई गाडीमा हालेर अगि नै हुइँकिसकेछ ।
म एक्लै लुखुरलुखुर घरतिर लागें । घर पुग्दा पिउन साप त हाकिमनी सापसँग दनादन सङ्गठन निर्माणमा व्यस्त… !

कीर्तिपुर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x