साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढलेको छ देश यो

Nepal Telecom ad

छट्टु, उल्लु, ढाँटले नै चलेको छ देश यो
फोस्रो धमास् धम्कीले नै हल्लेको छ देश यो ।

बिद्वत् बर्ग नेपथ्यमा झोक्राएर बसेको छ
चण्डालको ध्रुत्याईंले गलेको छ देश यो ।

कुन क्षेत्र चोखो छ र ? बिकृतिले ढाक्या छ
भाषण र नाराले नै थलेको छ देश यो ।

शान्ति चैन लुटिएर, मनमा आगो दन्कन्छ
हुल्दङ्गा र आग्जनीले बलेको छ देश यो ।

राजनीति, राजनेता जालझेलमै व्यस्त छन्
माथि उठ्न खोज्दा खोज्दै ढलेको छ देश यो ।

आषाढ ६ गते आइतबार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x