नबुझेको कुरा
यहाँ सत्यको हार हुन्छ नबुझेको कुरा
सत्य कुरा कस्ले सुन्छ ? नबुझेको कुरा
सक्छौ तिमी झुट बोल्न, सक्छौ भने बोल
यो झुटो हो भन्ने कुन छ ? नबुझेको कुरा
कलि हो यो पाप गर्नेको हुने फलिफाप
ती पाप सबै कहाँ धुन्छ ? नबुझेको कुरा
दुनियाँको श्रम खोसी जीवन रङ्ग्याउँदा
नपुगेरै झन् जाल बुन्छ नबुझेको कुरा
चोर धुर्त दलाल गरि ठगि खाने मान्छे
हात जोडी किन रुन्छ ? नबुझेको कुरा ।