साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी बूढी कहाँ भयौ र ?

Nepal Telecom ad

तिमी बूढी कहाँ भयौ र ?
त्यस्सै चिन्ता नगर न तिमी
नातिले आमा भन्यो भन्दैमा
बूढी भइन्छ र ?
के भनेर बोलाओस् त त्यसले पनि
बहिनी भन्दिन जुँगाको रेखी आको छैन
छोरी भन्दिन बिहे भाको छैन

छाला चाहिँ अलि चाउरी परेकै हुन्
रेसा देखिन थालेछन्
गाला पनि एक एक पाउ जति
झुण्डिन थालेछन्
बुढी त ती गालाका छाला भएछन्
तिमी त बूढी कहाँ पो भयौ र ?

नाकको डाँडीमा टेकेर टाइटानिकको
पोज दिइराखेको माइनस चारको तिम्रो चस्माले
तिम्रा आँखा चाहिँ बूढी भएछन् भन्दैछ
कानको त्यो मेसिन कपालले छोपन प्रिय 
नत्र त्यसले कान बूढी भयो भन्दिन्छ
कपालको त कुरै नगरौँ
तरुनीले हिउँमा खेलेर आए जस्तो देखिन्छ
आमामा यस्मा चाहिँ अलि पचेन मलाई
कपाल त तिम्रा पाकेकै हुन्
बूढी त तिम्रा ती कपाल पो भएछन्
तिमी त बूढी कहाँ पो भयौ र ?

पर्सि हाम्रो ४५औँ यानिभर्सरीमा
भरियाको डोकोमा चढेर
हनिमुनका लागि केदारनाथ जानु छ
फर्केर आएर सप्ताह लगाई
साङ्गेको दिनमा होल नाइट पार्टी गर्नु छ
तिमी भने त्यस्सै बूढी भएँ भन्दिन्छौ ।

काठमाडाैं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x