साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोटीगोटी

Nepal Telecom ad

नेकपा माओवादी (केन्द्र) का सदावहार अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनासाथ मधेसी मोर्चाले टुँडिखेलको खुला मञ्चमा लामो समयदेखि गर्दै आएको भोक हडताल तोडेको छ । अब उप्रान्त यसका भूतपूर्व अनशनी नेताहरूले पहिलेजस्तै कपाकप रोटी खान थालेका छन् । यसको स्वाभाविक परिणाममा कमरेड प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका स्वनामधन्य नेताहरूबीच रोटीको सम्बन्ध स्थापित भएको छ ।

यो रोटीको सम्बन्ध पटक्कै यस्तो(उस्तो खालको हुने गर्दैन । किनभने सवाल पेटको हो । यसमा एक अदत् विशेषण थपेर ‘पापी पेट’ पनि भन्ने गरिएको छ । म भने यो भन्नुसँग कदापि सहमत छैन । यसले विचरा पुण्यात्माहरूका पेटलाई अन्याय हुन जान्छ । र हामीकहाँका तमाम पेटुहरूले स्वयम्लाई कुनै पुण्यात्माभन्दा अलिकति पनि कम ठान्ने गर्दैनन् । यसमा त्यस्तो गलत पनि के छ र ?

यहाँ अहिलेसम्मन ‘जसको ठूलो पेट, त्यही सबभन्दा ठूलो पुण्यात्मा’ भनी ठानिएकै छ । यही हामीकहाँ मज्जैले चल्दै आएको पेटको सिद्धान्त हो । यसलाई अर्को शब्दमा पेटवाद पनि भन्न सकिन्छ । हो, यस्तै पेटवादी पेटुहरूले सहजै धारण गर्ने रोटीले ‘पेट र रोटी’को सम्बन्ध सशक्त हुने गरेको हो ।

याद रहोस्, यो विशेष रोटी हो । तसर्थ मलाई के लागेको थियो भने यही विशेष रोटीलाई एकमात्र साक्षी राखेर हालै अनशनमुक्त भएका मधेसी मोर्चाका नेताहरू सरासरी कमरेड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को वर्तमान सरकारमा खुसी(खुसी सामेल हुन आउनेछन् । तर अचम्मैले यस्तो केही पनि भएन त र?

‘तपाईहरू किन सामेल हुन नआउनु भएको नेताजी ?’ मैले एक जिल्लाबासी मोर्चानेतासँग प्वाक्कै सोधेँ ।

‘कहाँ सामेल हुनु ?’ सायद मेरो प्रश्न नबुझेर उनको माथा खुम्चियो ।

‘कमरेड प्रधानमन्त्री प्रचण्डको सरकारमा ।’

‘हामी यो सरकारमा किन सामेल हुन आउने ?’ उनको माथा अझ खुम्चियो ।

‘तपाईहरूमा सम्बन्ध स्थापित भएको होइन र ?’ मैले उनको एक आँखामा आफ्नो अर्को आँखा गडाएँ ।

‘कस्तो सम्बन्ध ?’

‘अरू कस्तो सम्बन्ध ?’ म थोरै हाँसेँ, ‘रोटीको सम्बन्ध नि !’

‘तपाई मसँग यस्तो वाहियात मजाक नगर्नोस् ।’ उनको अनुहारमा एक्कासी देखापरेको क्रोध उम्लिएर झन्डै तल पोखिएकोले हाम्रो मौजुदा वातचितले अघि बढ्ने अवसर पाएन ।

होइन, यस्तो प्रगाढ रोटीको सम्बन्ध स्थापित भइसकेपछि मधेसी मोर्चाका अस्तिनदेखि लगातार रोटी खाइरहेका नेताहरू कमरेड पुष्पकमल दाहालको वर्तमान सरकारमा सामेल हुन किन नआएका होलान् ? यसको गाँठी कारण पनि यही रोटी नै हो । वास्तवमा दुवै पक्षबीच रोटीको मामलामा वातचित नमिलेर यस्तो भएको हो । नेकपा माओवादी (केन्द्र) का मेरा एक परिचित सरकारी नेता कमरेडले मलाई कुराकानीको सिलसिलामा के बताए भने मधेसी मोर्चाका नेताहरूले रोटीको ठूलो टुक्राको अटुट माग गरिरहेका छन् रे !

अब कमरेड प्रधानमन्त्री प्रचण्डलाई यो मधेसी मोर्चाको मागमा स्वीकृति प्रदान गर्नु त्यति सहज छैन । यसको प्राविधिक कारण पनि रहेको छ । वस्तुतस् रोटीको ठूलो टुक्रा त वर्तमान सरकारको महत्त्वपूर्ण हिस्सेदार नेपाली कांग्रेस पार्टीको भागमा परेको छ । अब यसलाई खोसेर मधेसी मोर्चालाई कसरी दिन सकिन्छ ? याने रोटी एक र यसलाई लुछ्ने शैलीमा उदरस्थ गर्नेहरू अनेक । यो सत्ताको जटिल अंकगणितको सही हल खोज्न नसकेर कमरेड प्रधानमन्त्री प्रचण्ड बृहत अलमलमा परेका छन् । तर मधेसी मोर्चाका रोटीप्रेमी नेताहरूलाई यससँग के सरोकार हुनसक्छ ?

यिनीहरूलाई त रोटीको एक ठूलो टुक्रा नभई भएको छैन । यही रोटीसम्बन्धी आवश्यक, अनावश्यक हानथापको फलस्वरूप प्रधानमन्त्री कमरेड प्रचण्ड र मधेसी मोर्चाका नेताहरूमा सम्बन्ध त्यति सबल एवं सुदृढ हुन नसकेको हो ।

अन्त्यमा,
यस सम्बन्धमा थप चिन्तन(मननपश्चात म के ठोस निष्कर्षमा पुगेको छु भने प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी मोर्चाका यी नेताहरूबीच रोटीले नमिलेको विवाद गोटीले अवश्यमेव मिल्नेछ । अब नेपालको मौजुदा राजनीतिक खेलमा ‘को कसको गोटी’ भन्ने विषय त्यति रहस्यमय रहेन ।

त्यसकारण म विस्तारमा कुनै व्याख्या(स्याख्या गर्न्तिर नलागेर केचाहिँ निर्धक्कसँग भन्छु भने यी निरीह गोटीहरूले नमिली सुखै छैन । यिनीहरूका आफ्नो कुनै स्वतन्त्र चाल हुँदैन । अर्थात् आगे अदृश्य गोटी चालकको कृपा । र यो महान कृपा रहिरहेसम्म ‘रोटीगोटी’का हाम्रा राष्ट्रिय खेलाडीहरूका भविष्य उज्ज्वल नै रहेको छ ।

कान्तिपुर, भाद्र ४, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x