साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे भित्रको मान्छे

Nepal Telecom ad

‘कसैले पनि साथमा मोवाईल बोकेर आउने हैन, बुझ्या हो नि ? स्कुलमा मोवाईल ल्याउन प्रतिवन्ध छ ।’ हेडसर लाईनमा बिद्यार्थीहरूलाई सम्झाउदै हुनुहुन्थ्यो ।

लाईनबाटै एकजना बिद्यार्थीले हिम्मत गरेर सोध्यो, ‘सर, मोबाईलमा त हाम्रा कितावहरू राखेको छ सरकारले ।
अनि प्रविधिको प्रयोग गरेर पढ्नु पढाउनु पर्छ, यसो गर्दा पढाइ रोचक र प्रभावकारी हुन्छ भनेर अस्ति स्कुलमा आउने पाहुनाहरूले पनि भन्नु भएको हैन र ?!’

‘कल्ले के के भने मलाई थाहा छैन । म भन्दैछु, साथमा मोवाईल लिएर स्कुल भित्र छिर्ने हैन, पत्ता लागेमा जफत गरिने छ ।’ हेडसर अझ कडा रुपमा प्रस्तुत भएको देखेपछि विद्यार्थी पनि डराएछन् क्यारे, सवै चुपलागे । हेडसरले अगाडि थप्नु भो– ‘मोबाईलले गर्दा कयौंका छोरा छोरी बिग्रेका छन्, मोबाईलमा तिमीहरू चाहिया नचाहिया कुराहरू बोकेर हिंड्छौ, मलाई यस्तो मन पर्दैन । तिमीहरूलाई म यसरि बिग्रिन दिन्न ।’ कुरो छिनालेर गर्न त सक्नु भएन हेडसरले तर विद्यार्थीले सरको संकेत बुझे ।

मलाई भने नमिठो लाग्यो । गलत क्रियाकलाप गर्नेलाई कार्वाही गरेर अरुलाई चैं ल्याउन देको भए पनि हुने । आखिर भन्नेबेलाँ हामी आफैं नै २१ औं सताब्दी (यो विज्ञान प्रविधिको युग हो पनि भन्छौं अनि जाबो एउटा मोबाईलसँग डराउँछौँ !

भोलिपल्ट घरमा काम परेको हुनाले म स्कुल जान नसक्ने भएँ । त्यसैले बिदाको निबेदन लिएर म हेडसरको घर गएँ । हेडसर घरमै हुनुहुँदो रहेछ । मलाई देख्ने बितिक्कै “सर, भित्र बस्दै गरौैं न है, म आईहाल्छु” भन्दै बाथरुम भित्र पस्नु भो । म कोठामा उहाँलाई कुरेर बसें । भुईंमा सरकी एक डेढ बर्षकी सानी छोरी खेल्दै रैछिन् । म्याडम सायद माथि किचेनमा खाना बनाउँदै हुनुहुन्थ्यो । सरले सानी छोरीलाई खेल्न मोवाईल दिनु भएको रहेछ । मैले खेल्नलाई आफ्नो कलम दिएर मोवाईल लिएँ । मोबाईलमा फिलिम चलिरहेको थियो, सायद हतारमा सरले बन्द गर्न बिर्सनु भएछ क्यारे ! मैले हेर्न नसकेर तुरुन्तै मोबाईल सानी फुच्चीलाई थमाएँ र आफ्नो कलम लिएँ । अनि क्यै थाहा नपाए जस्तो गरि आफ्नो बिदाको निबेदन सरलाई बुझाएर घर फर्केंं ।

बाटोमा हिजो उहाँले विद्यार्थीलाई भन्नु भएका कुराहरू दिमागमा घुमि रह्यो, …चाहिया नचाहिया कुरा… मन पर्दैन, आदि आदि ।

हेटौंडा– ४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x