साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अंग्रेजीको पूजा

Nepal Telecom ad

मम्मी आज त लेट् भयो बोर्डिङ् नजाऊँ कि ता
काहाँ छन् कपि बुक् इरेजर अझै गैगो कता हो कता ?
पेन्सिल् झन् सकियो दुई दिन भयो किन्दै नकिन्ने किन ?
डर्टी ब्याग भयो भनेर यसरी बुझ्दै नबुझ्ने किन ?

टाई खै, अनि शूज पालिस कठै मैले लगाऊँ भने
ड्रेस् मा प्रेस अझै लगाउन त्यसै पक्का छ बस् मिस् हुने
ड्याडीको पनि काम के छ र सधै आफिस् गई फर्कने
टीफिन् पनि एक थोक छ सधै प्रेस्टीज ईसू हुने ।

एङ्ग्री छन् सर मिस् र म्याडमहरू बुझ्दै नबुझ्ने तिनी
डेली बन्नु छ हेन् पिटाइ सहनू खेल्दै नखेल्नू भनी “
छोराका गनगन् सुनेर पनि खुब् हामी खुसी मान्दछौं
इङ्लिस् मा उसको प्रभाव कसरी बढ्दो छ यो गुन्दछौं ।

हेल्लो माम् अनि ड्याड् भनेर जब ऊ हामी नजीकै पुगी
पोइम् का हरफै सुनाउँछ अहा अङ्ग्रेज जस्तै गरि
हाम्रो चेस्ट फराक भै भुटुक झैं नाकै फुलाईकन
प्रोग्रेस् भो कति हेर बोर्डिङ गई भन्छौं रमाईकन ।

मम्मी ड्याडी भनिकन जसै सन् डटर्ले पुकार्छन्
यो सुन्दैमा पुलकित भई कान यी दङ्ग पर्छन्
ओ स्वीट् मम्मी टिफिन गरछौं आज क्यान्टीनमाहाँ
अङ्ग्र्रेजीको यति विधि सधै हुन्छ पूजा मकाहाँ ।

अङ्कल् आन्टी कजिन सबको चित्त नै चोरिदिन्छन्
बाय् बाय् भन्दै सबतिर खुसी पारदै छोडिदिन्छन्
उठ्दाउठ्दै उनकन सधै एग औ ब्रेड मिल्छन्
निस्तै खान्नन् प्रतिदिन यिनी मिल्कका साथ निल्छन् ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x