सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपाली भाषामाथि अर्को आक्रमण 

Nepal Telecom ad

२०७५/०१/१४ मा नेपाली विषय बचाउ अभियान, २०७५ को आयोजनामा कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय किन आवश्यक छ ?  height={{read_more}}  विषयक विचार गोष्ठी सम्पन्न भयो । अभियानका संयोजक सविन लम्सालको अध्यक्षतामा सम्पन्न भएको उक्त विचार गोष्ठीमा नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख तथा त्रि.वि. नेपाली विषय समिति अध्यक्ष, प्रा.डा. देवीप्रसाद गौतम प्रमुख अतिथि र मानक नेपाली भाषा अभियान अन्तर्रा्ष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल विशिष्ट अतिथिका रूपमा उपस्थित भएका थिए । यी दुवैले संयुक्त रूपमा ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गरे ।

त्रि.वि. नेपाली विषय समिति अध्यक्ष प्रा.डा. देवीप्रसाद गौतमले नेपाली विषयमाथि पहिलेदेखि नै प्रहार भएका घटनाको स्मरण गराउँदै अभियानको अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता गरे । उनले दोहोरो चरित्र देखाउनेहरूबाट अरू पनि विभिन्न षड्यन्त्र हुनसक्छन् भनेर सजग रहन पनि सङ्केत गरे ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले मानक नेपाली भाषा अभियान अन्तर्रा्ष्ट्रिय सञ्जालले गरेका उपलब्धिमूलक कार्यहरू बताउ“दै हाल नेपाली विषय बचाउ अभियान–२०७५ ले पनि सञ्जालले उठाएकै विषयलाई अगाडि ल्याएकाले यस अभियानलाई पनि नेतृत्व दिने र जुनसुकै हालतमा कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्को नेपाली विषय राखेरै छाड्ने बताए । उनले प्राध्यापकहरूले माग गर्ने हैन राख्नुपर्छ भन्नेर राख्न लगाउने हो, त्यसैले हामी राखेरै छाड्छौँ भनेर किटान गरे । उनले नेपाली विषय विस्थापन गर्न खोज्ने कार्य नेपाली वर्णविन्यास बिगार्नेहरूकै षड्यन्त्रको शृङ्खला भएको तर्क गर्दै विषय नै फालिदिएपछि कसरी मानक नेपाली भाषा जोगाउँदो रहेछ भनेर यो षड्यन्त्र रचेका हुन् भन्दै कदापि त्यसो हुन नदिने चेतावनी दिए । उनले सरकारलाई नराम्रा कार्य गर्न उकास्ने तत्त्वलाई कडा चेतावनी दिए । उनले आफू भाषा पार्टीको भएकाले भाषामाथिको कुनै पनि अत्याचार सहन नसक्ने कुरा गर्दै सबैलाई एकजुट हुन आह्वान गरे । उनले विगतमा नेपाली भाषाका विपक्षमा नराम्रा काम गर्नेहरू पनि राम्रो बाटोमा आए भने तिनलाई पनि साथमा लिएर हिँड्छु भन्दै तिनलाई दोहोरो चरित्र नदेखाउन चेतावनी दिए । सञ्जालका अध्यक्ष प्रा.डा. लुइटेलले सवारी साधनमा इम्बोस्ड नम्बरको कुरा पनि उठाउ“दै सवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्नेमा जोड दिए । 

कार्यक्रमका अर्का वक्ता नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समिति अध्यक्ष डा. नेत्रप्रसाद न्यौपानेले नेपाली भाषा संसारका भाषाका दाँजोमा उचाइ राख्ने समृद्ध भाषा भएकाले र सम्पूर्ण नेपालीलाई जोड्ने एकताको प्रतीक भएकाले विद्यालय तहमा अनिवार्य रूपमा १००÷१०० पूर्णाङ्कको राख्नैपर्छ भन्ने तर्क प्रस्तुत गरे । 

वाल्मीकि विद्यापिठका प्राचार्य तथा विषय समिति सदस्य डा. गणेश घिमिरेले भाषामाथिको प्रहार डलरको खेती हुनसक्ने आशङ्का गर्दै राज्यलाई सजग गराए । उनले मानक नेपाली भाषा अभियान अन्तर्रा्ष्ट्रिय सञ्जालका अध्यक्ष मेरा आदरणीय गुरु प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वले मानक नेपाली भाषा पुनस्थापन गरेको बताए । उनले अब व्यवस्थापन, विज्ञानजस्ता विषय पढ्नेले पनि नेपाली विषय पढ्नैपर्छ भन्ने तर्क प्रस्तुत गरे । 
मानक नेपाली भाषा अभियन अन्तराष्ट्रिय सञ्जालका वरिष्ठ उपाध्यक्ष सहप्रा. भरत भट्टराईले बरु आफू मर्न तयार हुने तर नेपाली विषय हटाउन नदिने प्रतिबद्धता गरे । 

सञ्जालका महासचिव डा. लक्ष्मणप्रसाद गौतमले यो खेल वर्ण्विन्यास बिगार्नेहरूकै शृङ्खला भएको बताउ“दै नेपाली भाषा माध्यम भाषा भएकाले र राष्ट्रियता र संस्कृतिसँग पनि जोडिएकाले कक्षा १२ सम्म १००÷१०० पूर्णङ्कको हुनै पर्ने तर्क प्रस्तुत गरे । उनले भाषा र संस्कृतिमाथि प्रहार भैरहेकाले सबै नेपाली जातिलाई सजग पनि गराए । 
व्यवस्थापनमा पिएच.डी. गरेका अर्का वक्ता नमुना मच्छिन्द्र क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माले जननी, जन्मभूमि र भाषा तीन आमा भएकाले हामी सबैले सम्मान गर्नुपर्छ, हाम्रा सन्तानलाई नेपाली भाषामा नै शिक्षा दिनुपर्छ भन्ने धारणा राख्दै अभियानलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

पाठ्यक्रम विकास केन्द्रअन्तर्गत नेपाली विषय समितिका अध्यक्ष प्रा.डा. रमेश भट्टराईले विश्वका विभिन्न मुलुकको उदाहरण दिँदै माध्यम भाषाको विषय कक्षा १२ सम्म प्रत्येक कक्षामा १००÷१०० पूर्णाङ्कको अनिवार्य रूपमा लागु हुनुपर्ने धाराणा राखे । उनले नेपाली विषय समितिले अभियानको पक्षमा निर्णय गरिसकेको र साथ दिने प्रतिबद्धता पनि जाहेर गरे । उनले यसलाई भाषा आयोगसँग जोड्दै नेपालको शैक्षिक नीति र प्रक्रियामा नै समस्या भएको कुरा पनि उठाए । 

अनेरास्ववियुका सचिवालय सदस्य तथा शिक्षा विभाग प्रमुख माधव पन्तले कहिल्यै कसैको अधिनमा नरहेको हाम्रो जस्तो उच्च स्वाभिमान भएको देशमा नेपाली भाषामाथिको प्रहार आफ्नो सङ्गठनलाई स्वीकार्य नहुने कुरा गरे । उनले अभियानको आन्दोलन देशभक्तिपूर्ण भएकाले आफ्नै पार्टीको नेतृत्व विरुद्ध पनि लड्ने प्रतिबद्धता जाहेर गरे । उनले नेपाली भाषा नेपालमा बोलिने १२३ जातिलाई जोड्ने भाषा भएकाले माध्यमिक तहसम्म मात्र हैन डिप्लोमा तहसम्म प्रत्येक कक्षामा १००÷१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय पढाउनै पर्ने कुरा उठाए । उनले आफू अंग्रेजी भाषाको विद्यार्थी भएर पनि नेपाली भाषाको मिठास र आफ्नोपन कुनै पनि अनुवादित कृतिमा नरहने कुरा गरे । 

अनेरास्ववियु (क्रान्तिकारी) का त्रि.वि. संयोजक जगदीश देवकोटाले अभियानको माग जायज भएकाले माग पूरा गराउन आफूले जस्तोसुकै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीको तागतलाई सोचेर निर्णय गर्न पाठ्यक्रम विकास केन्द्रका प्रमुखलाई चेतावनी पनि दिए । 

ने.वि.संघका विद्यार्थी नेता हरि आचार्यले पनि अभियानको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै जुनसुकै हालतमा भाषा र संस्कृतिमाथि प्रहार गर्नेलाई ठीक ठाउँमा ल्याएरै छाड्ने चेतावनी दिए । 

सचेत देशभक्त मञ्चका अध्यक्ष विनोद अधिकारीले कक्षा ११ र १२ मा १००÷१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय नराख्ने भए जापानिज, कोरियन र जर्मन भाषा राखेर पढाऊ अनि सबै युवालाई बेच भन्दै कडा अभिव्यक्ति दिए । 
अभियानका सचिव विजय पण्डितले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थित सबैलाई अभियानकी सदस्य भारती न्यौपानेले स्वागत गरेकी थिइन् । अभियानका सक्रिय सदस्य ज्ञान लामाले नेपाली भाषा सम्पूर्ण नेपालीलाई जोड्ने भाषा भएकाले सबै नेपाली पोक्त हुनुपर्छ, आफू लामाको छोरा भएर पनि नेपाली विषय र भाषा बचाउन लागेको कुरा गर्दै उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवादज्ञापन गरे । 

अन्त्यमा कार्यक्रमका सभापति सविन लम्सालले अभियानले उठाएको विषय सम्पूर्ण नेपालीको सरोकारको विषय भएकाले जुनसुकै हालतमा पूरा गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरे । यस कार्यक्रममा १५० जनाभन्दा बढीको उपस्थिति थियो । 

नेपाली विषय बचाउ अभियान–२०७५ लाई मानक नेपाली भाषा अभियान अन्तर्रा्ष्ट्रिय सञ्जाल, त्रि.वि. नेपाली विषय समिति, त्रि.वि. नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिलगायतको पूर्ण साथसहयोग रहेको छ ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad