साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्तीको ६५ औँ शृङ्खला शैलीमा

Nepal Telecom ad

घुम्ती कविगोष्ठी नेपालको नियमित कविता वाचन कार्यक्रमको ६५ औँ शृङ्खला २०७४ चैत्र १० गते शनिबार शैली साहित्य समाजको आँगन, बबरमहलमा सम्पन्न  height=भएको थियो । {{read_more}} घुम्ती कविगोष्ठी नेपालकी सदस्य तथा शैली साहित्य समाजकी अध्यक्ष साहित्यकार मञ्जुश्री के.सी. प्रधानको आयोजना एवम् सभापतित्वमा सम्पन्न यो कार्यक्रममा वरिष्ठ साहित्यकार वेदमणि घिमिरे प्रमुख अतिथि तथा डा. विदुर चालिसे विशिष्ट अतिथि रहनुभएको थियो । अतिथिहरूमा घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार द्वय वरिष्ठ साहित्यकार कणाद महर्षि तथा प्रदीपरत्न शाक्य, ज्योति साहित्य समाजका अध्यक्ष मणिराज सिंह, शीतल गिरी, खेमराज पोखरेल, त्रिभुवनचन्द्र वाग्ले, पत्रकार निबन्ध आचार्य, वैरागी जेठा आदि रहनुभएको थियो । 

बिहान आठ बजे सुरु भएको गोष्ठीमा अतिथि लगायत अन्य कविहरूले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । जसमा डा. प्रदीप मैनाली, घनश्याम प्रसाईं, प्रकाश बस्नेत गफाडी, शिवराम खड्का, घुम्ती कविगोष्ठीका अध्यक्ष रामचन्द्र दाहाल, डिल्लीराज अर्याल, माधवलाल श्रेष्ठ, डिल्लीप्रसाद मूलतिहुन, भुवन सिवाकोटी, विजय विश्वास, रामकुमार पण्डित क्षेत्री, परशुराम पराशर, शान्ति शर्मा, प्रकाश सुवेदी, राजबाबु श्रेष्ठ, दुर्गा तिवारी, विमला दाहाल, मोहन फुयाल, भुवनप्रसाद पोखरेल, गोविन्द नेपाल, रुद्र अधिकारी, विन्दु अधिकारी ढकाल, निराजन तिमल्सिना लगायत कविहरूले कविता, गीत, गजल तथा मुक्तकहरू वाचन गर्नुभएको थियो ।

यस कार्यक्रममा वाचित रचनाहरूको समीक्षा घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्ष परशुराम पराशरले गर्नु भएको थियो । वहाँले  कविताको शल्यक्रिया गर्ने जिम्मा मलाई दिएको छ, तसर्थ कविताहरूको शल्यक्रिया गर्दा अर्कै घुँडो पर्न जाला, कविताको पाठेघरको शल्यक्रिया गर्दा घाँटीको गरिएला, घाँटीको रोगका लागि पेटको गरिएला त्यसैले पहिल्यै माफ दिनु भन्दै आजको सामाजिक, राजनैतिक विकृति विसङ्गतिप्रति व्यङ्ग्य गरिएका कविता तथा प्रेम रसयुक्त शृङ्गारिक कविता गीत गजलको समीक्षा गर्नुभएको थियो । घुम्तीका अध्यक्ष रामचन्द्र दाहालले धन्यवाद मन्तव्य दिनुभएको थियो भने प्रमुख अतिथि वेदमणि घिमिरेले सफल र सुन्दर कविगोष्ठी गरेकोमा आयोजक तथा घुम्ती कविगोष्ठी नेपालको सराहना गर्दैै बधाई पनि दिनुभएको थियो । धुम्ती कविगोष्ठीका सचिव रामकुमार पण्डित क्षेत्रीले सञ्चालन गर्नु भएको कार्यक्रममा सभापति मञ्जुश्री के.सी.प्रधानले कार्यक्रम भव्य र सभ्य बनाइदिन आउनु हुने सम्पूर्ण कविज्यूहरूलाई धन्यवाद भन्दै सधैँ यसरी नै साथ पाइरहने आशा व्यक्त गर्नुभएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x