साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेल भिसा

Nepal Telecom ad

 height=“द्यौतीले उतै बच्चा पाइ रे !”
“को द्यौती ? मालती ! दुबैजना बेफुर्सदी थे, अप्ठेरोमा परे । {{read_more}} बच्चा स्याहारून कि जबमा जाऊन् समय म्यानेज गर्नै गार्हाे हुने भो तिनलाई !”
“आ.. हुन्दे, हामीले मात्रै चिन्ता गरेर के गर्नु र ? घरबाट लखेटेका लखेट्यै छन् । बिचराहरू धन्न विदेशमा त आरामले खाइलाइ गरेर बसेका छन् । यहाँ भएको भए कुकुरले नपाउने दुख पाउँथे ।

भोलिपल्ट विहानै शुभ समाचार आयो । सन्तान बृद्धि भयो । स्काइबमा छोरीले पनि कुरा गरी । ज्वाईं हस्याङ् फस्याङ्मा थिए । नजिकै निदाइरहेको पुचुङ्ग्रे पातलो सिरकमा लट्पटिएर मुख चलाउँथ्यो । कर्णेल्नीको मन तेसै रसाएर आउँथ्यो नातिले ’हजुर आमा’ भने भने झैं लाग्दथ्यो । उनले मुटुमा गाँठो पारेर स्काइबको अगाडि आँशु पुछिन र पर सरिन । कर्णेल बुढा अलमल्ल परे ।

“ज्वाईं साब सुत्केरी कसरी स्याहार्नु हुन्छ ?, सार्है गार्हाे पर्याे । बरू सासु बज्यैलाई पठाउने बन्दोवस्त गरूँ कि क्या हो ?”
पर्दैन, म यहाँ म्यानेज गर्छु हजुर, हजुरलाई किन दुख र ?”
स्काइब नेट डिस्टर्बले अफ भयो । दुबैतिर सम्पर्क बिच्छेद भयो ।

“हेर मालती म त हैरान भएँ । तिमीलाई स्याहारूँ कि जबमा जाउँ । थकित भएँ । केही गर्न भ्याउँदिन काम पनि सबै बिग्रिसक्यो । थकान, आलश्य, हैरानी अनि जोहो र व्यवस्थाले मलाई अति सतायो । बरू आमालाई बोलाउँ है ।”
“लौ हेर ! तेस्तो लखेटेर हामीलाई विदेश पठाउन बाध्य बनाउने दुष्ट सासूलाई यहाँ बोलाएर मेरो सेवा हुन्छ । भैगो पर्दैन ।”

फनक्क फर्केर घोप्टो परेकी मालती कुन्नी के सम्झेर हो, घुँक्क घुँक्क गरेर रून थालिन् । बलिन्द्र आँसुका धारा देखेर माधव हेरेको हेर्यै भए । मालतीको मनमा आजसम्मको सबैभन्दा ठूलो चित्त दुखाइको दिन नै आज थियो । साथमा आफ्नो विवाह घरको कुनै सोधखोज र वास्ता थिएन । सायद ऊ कसै कि रखैल प्रेमिकाबाट पत्नीको रूपमा पलायन भएकी थिइन । माधब र मालतीका बीचमा केही चिसोपन देखापर्याे । दस पन्द्रदिन पछि मालतीले कर्णेललाई फोन गरिन् ।
“बाबा हजुर ! आमालाई नाती खेलाउन पठाइस्यो !”
कर्णेल अलअल्म परे । घरको सोधीखोजी गरे । छोरीको दुखको बयान सहन सकेनन् ।
“बुढी आइमाईलाई भिसा कसरी मिल्छ र ?”

मालतीले आफ्नी आमा आउने सङ्केत पाएपछि “तेल भिसा“ अप्लाई गरिन् । तेल भिसाबाट नाति भेटेकी कर्णेल्नी अचेल गाउँका आइमाईहरूलाई बेलाबखत स्काइबमा भेटिन् भने तेल भिसाको बखान गरेर सिध्याउन्नन् ।
“हैन, ए दिदी ! यो तेल भिसा भनेको के हो ?”
“खै ! ज्वाईं छोरीले भनेको ।”
गाउँले आइमाईहरू ठान्थे “तेल भिसा” भनेको “सुत्केरी” होला ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
फ्याङ्ले काेट

फ्याङ्ले काेट

डा. विदुर चालिसे
थाम्पुराे

थाम्पुराे

डा. विदुर चालिसे
कैफियत प्रेम

कैफियत प्रेम

डा. विदुर चालिसे
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x