साइबर अपराध सम्बन्धी सचेतना सामग्री

याचना- मत्थर पारिदेऊ यो घनचक्कर !!

Nepal Telecom ad

मलाई
पृथ्वीलोक फर्कने गरि
स्वर्गलोक जानु छ
र केहि जवाफ ल्याउनु छ
बरु तिम्रो हलकारा हुन तयार छु
“ए ! यमराज मलाई स्वर्गलोक रमाना गर”

सोध्नु छ
देवता, परमेश्वर, बुद्ध र जिससहरुलाई
“धर्मको नाममा मान्छे बिभाजित किन गर्यौ”
सोध्नु छ
हिटलर, अलेक्जेण्डर र पृथ्वीनारायण शाहहरुलाई
“समर सिकायौ कि देशप्रेम”
र भन्नु छ
“रोकिएको छैन तिमीहरुले आरम्भ गरेको अभिक्रम”
र संगै
संवेदनायुक्त खबर
गर्नु छ
दुःखी शहिदहरुलाई
“तिमीहरुको रगत भुटुवामा मिलाएर खाए खौवाहरुले”

ए ! देश
देऊ एउटा निर्विकार किताब
जहाँ पढ्न सकुँ इतिहास भन्दा जेठो समय
देखाऊ एउटा सफेद शहर
जहाँ लेखिएको होस् प्रकृतीको संविधान
वा यस्तो कलम देऊ
जसमा बादल भर्न सकुँ
र आकाशलाई क्यानभास बनाएर
कोर्न सकुँ
मलाई मन पर्ने तस्बिर
जस्तै
क्षितिजमा उदाउदै गरेको घाम
केटाकेटीहरुको नयनाभिराम मुस्कान
अथवा
सगर भन्दा पनि अग्लो सगरमाथा

ए ! यमराज
ए ! देश
मत्थर पारिदेऊ यो घनचक्कर !!

भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x