साइबर अपराध सम्बन्धी सचेतना सामग्री

याचना- मत्थर पारिदेऊ यो घनचक्कर !!

Nepal Telecom ad

मलाई
पृथ्वीलोक फर्कने गरि
स्वर्गलोक जानु छ
र केहि जवाफ ल्याउनु छ
बरु तिम्रो हलकारा हुन तयार छु
“ए ! यमराज मलाई स्वर्गलोक रमाना गर”

सोध्नु छ
देवता, परमेश्वर, बुद्ध र जिससहरुलाई
“धर्मको नाममा मान्छे बिभाजित किन गर्यौ”
सोध्नु छ
हिटलर, अलेक्जेण्डर र पृथ्वीनारायण शाहहरुलाई
“समर सिकायौ कि देशप्रेम”
र भन्नु छ
“रोकिएको छैन तिमीहरुले आरम्भ गरेको अभिक्रम”
र संगै
संवेदनायुक्त खबर
गर्नु छ
दुःखी शहिदहरुलाई
“तिमीहरुको रगत भुटुवामा मिलाएर खाए खौवाहरुले”

ए ! देश
देऊ एउटा निर्विकार किताब
जहाँ पढ्न सकुँ इतिहास भन्दा जेठो समय
देखाऊ एउटा सफेद शहर
जहाँ लेखिएको होस् प्रकृतीको संविधान
वा यस्तो कलम देऊ
जसमा बादल भर्न सकुँ
र आकाशलाई क्यानभास बनाएर
कोर्न सकुँ
मलाई मन पर्ने तस्बिर
जस्तै
क्षितिजमा उदाउदै गरेको घाम
केटाकेटीहरुको नयनाभिराम मुस्कान
अथवा
सगर भन्दा पनि अग्लो सगरमाथा

ए ! यमराज
ए ! देश
मत्थर पारिदेऊ यो घनचक्कर !!

भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x