साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हातपात

Nepal Telecom ad

 height=जाडो महिनाको दिन, काठमाण्डौबाट धुलिखेल जाने मयूर यातायतको बस गठ्ठाघरमा रोकिदा चढेका एउटी महिला र एउटा पुरुष यात्रु बसको दुइजना बस्ने सिटमा एकैपटक झुम्मिन पुगे । {{read_more}}

गाउँले–गाउँले परिधान लागे पनि महिला चैं गाउँघर तिरकी अलि खान्दानी नैं होलिन् झैं लाग्थिन भनें पुरुष चैं झुस्स दाह्री, काइयो नदेखेर जिङरिङ्ग परेको कपाल र अलि ठूलै खालको मैलो खास्टो ओढेकाले अलि फोहरी(फोहरी खालको र दुखिया देखिन्थ्यो ।

दुइजना मध्ये हत्त न पत्त महिला पहिले सिटमा थ्याच्च बसिन् र पुरुषलाई बस्नबाट रोक्तै भनिन् –“पख पख, यहाँ मेरो मान्छे आउँछ । तिमी अर्कै सिट खोज बस्नलाई ।”

महिलाको कुरा सुनेर लोग्नेमान्छेले आफू अपमानित भएको ठान्यो र रिसाउँदै भन्यो(“दाइजोको गाडी हो र ! तपाईंले जसलाई चाह्यो उसलाई बसाउँन ? अनि “खै ! छोड्नुस् भन्दै उ पनि थ्याच्च बस्यो ।

आफ्नो जोर नचलेकोमा महिला रिसले मुर्मुरिनुसम्म मुर्मुरिइन्, छट्पटाइन् तर के गर्नु र ! उनको इच्छा बिपरित लोग्नेमान्छे सिटमा बसिसकेको थियो । उनले केही गर्न सकिनन् छट्पटाउँन बाहेक ।

बस् साँगा भञ्ज्याङ्भन्दा अलि वर रहेको अस्थायी प्रहरी चौकीनेर के पुगेको थियो ती महिलाले खास्टो ओढेको मान्छेलाई इङ्गित गर्दै भनिन्– “तँ साले एक्ली महिला देखेर हातपात् गर्ने ? तेरा हात् पुलिस् लगाएर ठनक्कै नभाँची त कहाँ छोडौँला र तँ बजियालाई !”

अनि चौकी अघि बस पुग्नासाथ ठूलो अझ ठूलो स्वरले कराउँदै भनिन् –“ए ! ड्राइबर भाइ, गाडी रोक्नुस् रोक्नुस् यस बजियाले त खप्नु खानु नै गरेन मलाई, एक्ली आइमाई देखेर ।”

महिलाको चीत्कार सुनेर बसका अरु यात्रुहरूले महिलामाथि सहानुभूति देखाउदै कसैकसैले लोग्नेमान्छेलाई तथानाम गाली गरे भनें कसैकसैले चैं गालामा दुइैचार थाप्पड लगाउँदै यात्राको स्वाद लिए । उसले बोल्ने मौकै पाएन ।

केही बेरमै बस रोकियो । एउटा प्रहरी जवान आयो र अभियोग लागेको लोग्नेमान्छेलाई कठालामा समातेर चौकीभित्र लग्यो । आरोप लगाउने महिला सँगसँगै तमासे यात्रुहरू पनि पछिपछि चौकीभित्र पसे ।

चौकीभित्र छिर्नासाथ इन्चार्जको कुर्सीमा बसेको प्रहरीले सोध्यो– “के भो ? किन ल्याको यसलाई ?”

प्रहरी जवानले बोल्न नपाउँदै महिला अघि सरेर भनिन् –“यसले बसमा एक्ली महिला देखेर ममाथि हातपात गर्यो हजुर । यसका हात त ठनक् ठनक् नभाँची भएन ।”

महिलाको कुरा सुन्नासाथ कुर्सीमा बसेको प्रहरी इन्चार्ज रिसले तीन भाउन्न भयो अनि जुरुक्क कुर्सीबाट उठ्यो र अभियुक्तलाई केही नसोधी लोग्नेमान्छेको ढाडमा लगातार घँगरूको लौराले पाँच छ पटक सुम्ल्यायो अनि गाली गर्दै भन्यो– “साला ! तँ गाडीमा पनि महिला हिंसा गर्ने ? खै ! निकाल तेरा हात म तेरा हात ….।”

ऊ नचल्मलाई उभिइरह्यो । उसको ढिट्पना देखेर इन्चार्ज रिसले आगो भयो र दह्रा किट्तै –“साला मलाई त यसले टेर्दो रहेनछ अनि के टेथ्र्यो अरुलाई ?“ यसो भन्दै आरोपितले ओढिरहेको खास्टो फुत्त तान्यो हात निकाल्नलाई ।

अपसोच उसका दुबै हात थिएनन् ।

गौरादह–७, झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x