साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिनिस्टर

Nepal Telecom ad

 height=
‘मम्मी–मम्मी ।’ ‘के सोमान बाबु ? यता आउनोस् त । के भयो ?’
भित्र कोही छ, मम्मी ।’  {{read_more}}
‘कहाँ बाबु ?’
‘किचेनमा मम्मी ।’
‘को छ, किचेनमा ?’
‘चोर हो, मम्मी ।’
‘होइन होला बाबु ।’
‘घारघार–घुरघुर गरिरहेको छ, मम्मी ।’
‘हो र ?’
‘अघिदेखि नै साउन्ड आइरहेको छ ।’
‘मिनिस्टर होला बाबु ।’


‘सोनाली मेडम, सोनाली मेडम ।’
‘के राममाया ?’
‘सोनाली मेडम, यो त भएन नि !’
‘के भयो राममाया ?’
‘यो के गर्नुभएको हो ?’
‘किन, के भयो ?’
‘हाम्रो कुखुरालाई यस्तो गर्नुभयो त मेडम ?’
‘होइन, के भन्न खोजेकी राममाया ?’
‘आज पनि हाम्रो कुखुराको चल्ला हरायो ।’
‘यसमा म के गर्न सक्छु, राममाया ?’
‘यो के भन्नुभएको मेडम ?’
‘होइन, प्रस्टसँग भन राममाया ।’
‘हाम्रो कुखुरा हराएको प्रस्ट छ नि मेडम ।’
‘कसरी हरायो राममाया ?’
‘कसरी नि, मिनिस्टरले ।’


‘मम्मी–मम्मी ।’
‘के छोरी ?’
‘मेरो नयाँ स्कार्फ देख्नुभयो ?’
‘अहँ देखिनँ, के भयो ?’
‘नयाँ स्कार्फ देख्दिन, मेरो रातो फ्रक पनि च्यातिएको छ मम्मी ।’
‘होइन, के भइरहेको हो यो ?’
‘के भइरहेको भन्ने मम्मी ?’
‘त्यही त, के भइरहेको हो यो ?’
‘मम्मीलाई थाहै छ नि !’
‘मिनिस्टरले गरेको हो छोरी ?’
‘त्यसैले त होला नि !’
‘यो मिनिस्टर पनि…….।’


‘प्रोफेसरसाब ।’
‘के डियर ?’
‘अब त अति नै भयो ।’
‘के भयो डियर ?’
‘ड्राइङरुममा जताततै फोहोर छ ।’
‘कसरी फोहोर भयो ?’
‘अस्ति पूजाकोठामा पनि यस्तै फोहोर भएको थियो ।’
‘होइन, कसरी फोहोर भयो त डियर ?’
‘हजुरकै मिनिस्टरले गर्दा नि, अरु कसले ?’
‘मेरो मिनिस्टर कसरी भयो ?’
‘हजुरले नै मिनिस्टर नाउँ राख्नुभएको होइन ?’
‘तर मिनिस्टरलाई आफ्नो बसेको घरबाट सानोमै तिमीले ल्याएको होइन डियर ?’
‘हो, तर निकै क्युट छ भनी मिनिस्टर नाउँ हजुरले नै राख्नुभएको हो नि !’
‘त्यो त हो, म त प्राइमिनिस्टर नै राख्न चाहन्थेंँ, तर लामो नाउँ हुने भएकोले मिनिस्टर मात्रै राखियो ।’
‘हजुरको मिनिस्टरले जताततै उधुम मच्चाइरहेको छ ।’
‘के उधुम गर्यो, मिनिस्टरले ?’
‘छोरी गिन्नीको फ्रक च्यातिदियो ।’
‘हो र डियर ?’
‘छिमेकी राममायाको कुखुराको चल्ला चोर्ने गरिरहेको छ ।’
‘अब मिनिस्टरलाई यसरी खुला छाड्नु भएन ।’
‘के गर्ने त प्रोफेसरसाब ?’
‘बेसरी बाँधेर राख्नुपर्यो ।’
‘सधैंभरि कसरी बाँधेर राख्ने, अनि फेरि हजुरको प्यारो मिनिस्टरलाई ?’
‘तिम्रो पनि त हो नि मिनिस्टर डियर ।’


‘समात–समात ।’
‘के भयो हँ ?’
‘समात–समात ।’
‘कसलाई समात्ने ?’
‘त्यो बदमास मिनिस्टरलाई ।’
‘के गर्यो मिनिस्टरले ?’
‘आज पनि हाम्रो कुखुराको चल्ला मार्यो ।’
‘समात–समात ।’
‘भाग्न नपाओस् मिनिस्टर ।’
‘समात–समात ।’
‘फेरि भाग्यो मिनिस्टर ।’
‘समात–समात ।’
‘अब त मिनिस्टरलाई नसमाती छाड्दिन ।’
‘समात–समात ।’
‘म्याउँ–म्याउँ ।’

कान्तिपुर, जेष्ठ २५, २०७६ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x