साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोइटिङ्ग्रे पोइ

Nepal Telecom ad

श्रीमती छ भनेर फूर्ति लाउँथ्यौ अति
दिनदिनै लोप्पा खुवाउँछे आफ्नै श्रीमती ।

श्रीमती गृहमन्त्री भइहालिन् भात आफै पकाऊ,
श्रीमतीलाई पूजा गर आफैंलाई छक्याऊ ।

जे जे भन्छिन् सुन्दै जाऊ, डराऊ बरु नकराऊ
बुढीलाई मिठाई चढाऊ, आफूचाहिँ आलु खाऊ ।

मेक अपको माग चर्काे छ पूरा गर ।
गहनाको चाहना छ थैली झोली भर ।

देवीजस्ती छौ, तिमी भनी मानसम्मान चढाऊ
तिमी आफू नोकर बस, स्वास्नीलाई महारानी बनाऊ ।

ऊनी जागिरे भए चुपचाप भात पकाउ लुगा धोऊ,
अगाडि ङिच्चङिच्च पछाडि क्वाँ क्वाँ रोऊ ।

श्रीमती फेसनमा च्याट्ट–चुट्ट सारीमाथि कोट,
श्रीमानचाहिँ सुट न बुट भित्री पेटीकोट ।

साथीभाइ कहाँ पुगिसके अझै ऊ व्यवहारमा तस्र्या छैन,
हिजो श्रीमतीले नामर्द भन्दै कुट्या नि बिस्र्या छैन ।

समानताको गाना गाऊ, श्रीमानको टुप्पी समाऊ,
श्रीमती लिन्छिन् सुत्केरी भत्ता, तिमी केरा खाऊ ।

लैङ्गिक दूरी घटाऊ दारी काट्न बुढीलाई लगाऊ,
आफ्नो काम फत्ते पार्न सुन्दरीलाई खटाऊ ।

बढीचढी चण्डी भई गर्न खोजे संहार,
सके बस ढाड थापी नत्र भाग कतार ।

चारघरे, नुवाकोट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x