साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै बाउको पेवा ठान्नुभयो

Nepal Telecom ad

संसारको सार जति मै हुँ भन्ने ठान्नुभयो
खेला सबै मैले मात्रै जानेको छु भन्नुभयो ।

जनतालाई आफ्नै पाउको धुलो जस्तो गरी
झुट जति मैले मात्रै बोल्नुपर्छ ठान्नुभयो ।

आफ्नै मात्रै फाईदामा कुद्दा कुद्दै सँधै
अरु पनि बुझ्छन् भन्ने कैल्यै जान्नुभयो ?

जतिसुकै गरे पनि झुटैझुटको खेती
देश चाहिँ आफ्नै बाउको पेवा ठान्नुभयो ।

देखाएर विपक्षीलाई हिलो हाल्ने खाडी
आफू चाहिँ दुधले धोएको चोखो बन्नुभयो ।

अझैसम्म जे गरे नि भएकै छ क्यारे
भ्रष्टाचार र घूसलाई मेवा मान्नुभयो ।

आँखिभुईं– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x