साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाकल

Nepal Telecom ad

आफ्नै सामुन्नेमा भाइको हत्या भएको ऊ आफैले देखेको हो । उसका परिवार सबैले देखेका हुन् । हत्यारा विरुद्ध किटानी जाहेरी दिएका हुन् । मुद्धा अदालतमा दर्ता भएपछि साक्षी बकेका हुन् । भाइको हत्याराले सजाय पाओस् भनेर धुप पनि हालेकै हुन् । तर मुद्धा हत्याराले जित्यो ।
मुद्धा पुनरावेदनमा चल्दै गर्दा उसले पनि वकिल राख्यो । रिन खोज्दै वकिलको फिस बुझाउँदै गयो । ठूलो माछोले सानो माछोलाई निल्यो । जिल्लाको फैसला सदर भयो । हत्याराले जित्यो ।
सर्वोच्चमा मुद्धा पुगेपछि उसको सर्वस्व हुन थाल्यो । नर्सिङहोमको उपचार शुल्क र सर्वोच्चको वकिल शुल्क उस्तै उस्तै रहेछ । पेशी स्थगित गर्दा पनि फिस तिर्यो । पेशी हलाउँदा पनि फिस तिर्यो । यस क्रममा उसले लैनु भैंसी बेच्यो । बल्लतल्ल जोडेको घडेरी बेच्यो । सर्वोच्चले पनि पुनरावेदनकै फैसला सदर गर्यो ।
न्याय र कानुन भन्ने शब्दसँग उसको विश्वास उठ्यो । हारेको जुवाडेको जस्तै अवस्था थियो उसको ।
जसको कोइ हुँदैन उसको ईश्वर सहारा हुन्छ । सानोमा आमाले भनेका कुरा उसले सम्झ्यो ।
दुनियाँको अदालतमा जस्तो बेइमानी ईश्वरको अदालतमा पक्कै हुँदैन । उभित्रको विश्वासले यस्तै भन्यो । ईश्वरको अदालतका वकिलहरू यसरी पैसामा पक्कै बिक्दैनन्, उसको आस्थाले ठहर गर्यो ।
एकदिन ऊ बिहानै उठ्यो । नुवाई धुवाई गर्यो । शुद्ध कपडा फेर्यो । धूप नैवेद्यको थाली लिएर श्रीमती सहित भगवतीको मन्दिरमा पुग्यो । मस्तक झुकाएर भगवतीको प्रार्थना गर्यो । सक्दो भेटी फूल प्रसाद अर्पण गर्यो । असत्यमाथि सत्यको जीत माग्यो । अन्यायमाथि न्यायको जीत माग्यो र हत्याराले सजाय पाएको दिन भगवतीको थानमा कालो बोको चढाउने भाकल गर्यो ।
यति भाकल गरेर मन्दिर बाहिर निस्कँदा उसले देख्यो, यौटा यामानको कालो बोको डोर्याएर उसको भाइको हत्यारा मन्दिर परिसरमा खडा छ र उसैलाई हेरेर ङिच्च हाँसिरहेछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x