साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कपी जाँच्ने शिक्षक त बेहोस….

Nepal Telecom ad

मुन्द्रेको परीक्षा आएछ । परीक्षाको अघिल्लो दिन गेसपेपर किनेर ल्याएछ र घोकेर पानी पारेछ । उपियाँको बारेमा पनि सबै कन्ठ पारेछ :
उपियाँ फोहोर ठाउँमा हुन्छ । यसले थुप्रै जनावरलाई हैरान पार्छ । उपियाँ सानो हुन्छ, फुत्त फुत्त उफ्रिन्छ, यो पर्यो भने चिलाउँछ । चौपाय दुब्लाउँदै जान्छन् । उपियाँ मार्ने औषधी निशुल्क पाइन्छ । उपियाँलाई सम्मान गर्दै विभिन्न कविले कविता लेखेका छन् …. भन्दै सबै घोक्यो र मख्ख पर्दै सुत्यो । ऊ अर्काे दिन परीक्षा दिन गयो । परीक्षमा आएको एउटा प्रश्न यस्तो थियो : बिरालोको बारेमा लेख्नुहोस् । मुन्द्रेले बिरालो घरपालुवा जीव हो, यसले दुध पिउँछ, मुसा मार्छ भनेर लेखेछ । अरु त पढेको थिएन । सबै उपियाँको पढेको थियो । अब के गरौं भनेर सोचेछ र लेखेछ– ‘यदि बिरालो फोहोर भयो भने बिरालोलाई उपियाँ पर्छ, उपियाँ फोहोर ठाउँमा हुन्छ, यसले थुप्रै जनावरलाई हैरान पार्छ, उपियाँलाई सम्मान गर्दै विभिन्न कविले कविता लेखेका छन् । उपियाँ सानो हुन्छ, फुत्त फुत्त उफ्रिन्छ । यो पर्यो भने चिलाउँछ । चौपाय दुब्लाउँदै जान्छन् । उपियाँ मार्ने औषधी निशुल्क पाइन्छ’ भन्दै रातभरि घोकेको सबै लेख्यो ।
उत्तर जाँच्नेलाई पो आपत पर्यो । उतर पनि ठिकै हो तर के नमिले नमिले जस्तो ।
मुन्द्रेको अर्को परीक्षा लिनुपर्छ भनेर पुनः परीक्षा लिए । यसपटक प्रश्न यस्तो थियो– गाईको बारेमा लेख्नुहोस् ।
मुन्द्रेले त गाईको बारे पढेकै थिएन । त्यसैले लेखेछ– ‘गाई बाँधेर राखिन्छ । दिसा पिसाब गरेकै ठाउँमा बस्ने हुँदा फोहोर हुन्छ । यदि फोहोर भयो भने गाईलाई उपियाँ पर्छ । उपियाँ फोहोर ठाउँमा हुन्छ । यसले थुप्रै जनावरलाई हैरान पार्छ । उपियाँलाई सम्मान गर्दै विभिन्न कविले कविता लेखेका छन् । उपियाँ सानो हुन्छ, फुत्त फुत्त उफ्रिन्छ । यो पर्यो भने चिलाउँछ । चौपाय दुब्लाउदै जान्छन् । उपियाँ मार्ने औषधी निशुल्क पाइन्छ’ भन्दै रातभरि घोकेको सबै लेख्यो ।
उत्तर ठिकै हो तर सबै उपियाँकै बारेमा छ । अब यसलाई उपियाँ नपर्ने जनावरको नाम दिउँ र अझ एक पटक परीक्षा लिउँ भनेर फेरि अर्को परीक्षा लिएछन् । प्रश्न थियो– माछाको बारेमा लेख्नुहोस् । सोच्नुहोस् त, अब के मुन्द्रेले उत्तरकपीमा के लेख्यो होला ? उसले लेख्यो– माछा पानीमा बस्छ । सधैं नुहाउने हुँदा उपिया पर्दैन तर यदि माछा पानीको सट्टा जमिनमा बसेको भए माछा पनि फोहोर हुन्थ्यो होला, यदि माछा फोहोर भयो भने उसलाई पनि उपियाँ पर्छ होला । उपियाँ फोहोर ठाउँमा हुन्छ । यसले थुप्रै जनावरलाई हैरान पार्छ, उपियाँलाई सम्मान गर्दै विभिन्न कविले
कविता लेखेका छन् । उपियाँ सानो हुन्छ, फुत्त फुत्त उफ्रिन्छ । यो पर्यो भने चिलाउँछ । चौपाय दुब्लाउँदै जान्छन् । उपियाँ मार्ने औषधी निशुल्क पाइन्छ भन्दै अस्तिकै रातभर घोकेको सबै लेख्यो …. ।
उसले लेखेको उत्तर देखेर कपी जाँच्ने शिक्षक त बेहोस पो ।

–टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x