साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुझे हुन्छ है बेचिँदैछु

Nepal Telecom ad

मुक्ति पाउँला नसोचे नि हुन्छ कालबाट
लास पनि आउन सक्छ अस्पतालबाट

चाहिने भन्दा बढ्ता माया पाइयो भने
बुझे हुन्छ है बेचिँदैछु भनी दलालबाट

कमिलाले हात्तीलाई नि सानो देख्छ अरे
हेर्यो भने पहाड अनि अग्ला पर्खालबाट

मजदुरलाई शोषण गर्न खोज्यौ भने यदि
चर्काउने छन् आन्दोलन रित्ता थालबाट

धनको घमन्ड गर्नेहरू यत्ति कुरा बुझ
कङ्गाल पनि भइन्छ है मालामालबाट ।

खगेनकोट– ९, मंसिरी, जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x