सुलसुलेकोक कविगोष्ठी तथा खेद प्रस्ताव
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोक (कोठे कवि) गोष्ठीले विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । यो ६७ औं शृङ्खला हो । कवि रमेश खकुरेलको निवासमा फागुनको पछिल्लो शनिबार सम्पन्न गोष्ठीले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिनिधि कविता भन्दै विगत तीन वर्षदेखि पुस्तक प्रकाशन गर्दा छन्दका कवि र छन्दमा लेख्ने कविहरूलाई पक्षपातपूर्ण तरिकाले समावेश नगरिएकामा प्रतिष्ठान विरुद्ध खेद प्रस्तावसमेत पारित ग¥यो ।
गोष्ठीमा नेपाली भाषाको हिज्जे बिगार्ने काम गरेकामा कवि गाउँले बलदेव अधिकारीले आपूm सरकार वा त्यस्तो गर्ने गराउने विरुद्ध कडा रुपमा सङ्घर्षमा उत्रने चेतावनी दिनुभयो । कवि गाउँलेले गिरिजाबाबुका पालादेखि नै नेपाली भाषालाई बिगार्ने काम गरिएकाले अब पनि सुधार नगरे नैतिक र भौतिक जुनसुकै कार्यवाहीमा उत्रन सक्ने चेतावनी दिनुभयो । कार्यक्रम रमेश खकुरेलको अध्यक्षता तथा कमलमणि दीक्षितको प्रमुख आतिथ्य र बूँद रानाको आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वरिष्ठ कवि भुवनहरि सिग्देल, प्रह्लाद पोखरेल, बुनू लामिछाने, सीताराम अधिकारी, ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य, आर.डी. प्रभास चटौत, बूँद राना, चन्द्रमणि प्रसाइँ, पीताम्बर शर्मा दाहाल, रामबहादुर पहाडी, नवराज लम्साल, सुरेश सुवेदी, बाजुराम पौडेल, कोषराज न्यौपाने, हेमचन्द्र नेपाल, अच्युतरमण अधिकारी, प्रकाश चापागाइँ, उर्मिला लामिछाने, प्रभा भट्टराई, चन्द्रवदना घिमिरे, गौरीनाथ ढकाल, प्रदीपनाथ प्याकुरेल, शारदा पराजुली, मेनका पोखरेल, जगदीश्वर पोखरेल, सुमन थापा, शर्मिला गिरी, ब्रह्मप्रिय प्रेमस्वरुप र भूपू पाण्डेलगायत साढे दुई दर्जन कविहरूले कविता, गीत तथा गजल वाचन गरेका थिए ।
कोक गोष्ठीको हरेक शृङ्खलामा छन्दमा लेखिएका बाहेक गद्य कविता सुनाउन वर्जित छ । गोष्ठीमा सुनाइएका कवितामा आयोजकले भूलसुधार गरिदिने चलन छ । यस गोष्ठीको उद्देश्य राम्रा र असल कवि बनाउनु रहेको छ । कोकको ६७ औं कार्यक्रममा सरला खकुरेलले चिया र नास्ताको प्रबन्ध मिलाउनु भएको थियो । कार्यक्रममा छन्दकविहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
– रत्ननिधि रेग्मीबाट
Subscribe
Login
0 Comments
Oldest











































