साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्याप्पी होली

Nepal Telecom ad

नयाँ नेपाल नयाँ सरकार
नयाँ मन्त्री पुरानै अनुहार
नयाँ सरकारमा
सरुवा माग्नेको ताँती छ
दाम दिनेको नाम माथि छ
नदिनेको नाम थाती छ
मन लागे पनि
मन नलागे पनि लोकतन्त्रमा
स्वागत गरौं दिल खोली
टाउको बोइल खाँदै
बियरको बोतल खोली
बुरा नमानौं ह्याप्पी होली ।

घरकीको कान बुच्चै
परकीलाई सिक्री
टाइसुटका गुण्डाले
गर्छन् घरबार बिक्री
उठिबास हुँदा पनि
सरकारलाई छैन फिक्री
खाली छ हात खाली छ झोली
बुरा नमानौं ह्याप्पी होली ।

किटकिटाउने जाडोमा पनि
न ढाकियो ज्यु न छोपियो तिघ्रा
त्यसैले अब बुढालाई मात्र हैन
युवालाई पनि चाहिने भो भेग्रा
प्यान्ट क्वाटर प्यान्ट छोट्टिएर
हाफप्यान्ट पेन्टी भा’का छन्
कुर्ता टिसर्ट पनि खुम्चिएर
समिज र गन्जी भै आ’का छन्
अब त झन फेसनहरू
तल केराको पात
माथि मकैका पात आउलान्
मकै पात साँढेले
केराको पात बोकाले खाएपछि
बिचरा फेसन खै कहाँ धाउलान्
कस्तो थियो फेसन यस्तो भो आजभोलि
बुरा नमानौं ह्याप्पी होली ।

सडकै रङ्गाएर युवतीहरू
युवा खोज्दै हिँड्या छन्
कालो धैसो भएर
होली खेल्न भिड्या छन्
गाजा भाङ चुरोट बिँडी
मस्तसँग सबै तान्या छन्
युवादेखि बुढासम्म सबलाई
बेलुन पिचकारी हान्या छन्
बिचरा युवा हेर्छन् लुकी लुकी
घरको झ्याल खोली
बुरा नमानौं ह्याप्पी होली ।

छोरो विदेश गाकी बुहारी पनि
साथी सङ्गिनी सँगै जुटिछे
ओथारो बसेको कुखरी झैं
घरबाट छुटिछे
रङ्गी बिरङगी रङसँगै रङ्गिदै मिसिन्छे
पानीको फोहराले निथ्रुक्क चिसिन्छे
हल्का हल्का नसामा
हल्का हल्का भै मस्किन्छे
साझ घर आउँदा
सासू ससुरा देखी झस्किन्छे
किनभने
बिहान लाको त्यो छैन साडी चोली
बुरा नमानौं ह्याप्पी होली ।

शहरभरि मासु पसल
रक्सी पसल सस्ता
मन्दिरै मन्दिर सहरका
हामी भक्तजन कस्ता
बिहान भयो मन्दिर सधैं जाने
साँझ भयो मासुबिना भातै नखाने
टोल टोलमा छन् भजनका टोली
बुरा नमानौं ह्याप्पी होली ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x