डा. गाउँले बलदेवरेखाको ‘र’ देखेर तन्नेरीको ‘त’…
गत साता म दाङ–देउखुरी पुगेँ, चुरीफुरी देखाएँ । लमहीमा भेला हुनुभएको नेपाली विषयका साठी–सत्तरी जना शिक्षक तथा शिक्षिका मित्रहरूका माझ छ घण्टा लामो गफ चुटेँ । मग्न भएर सुनिदिनुभयो, मेरा गन्थनहरूमा हार्दिक सहमति जनाइदिनुभयो । फर्किंदा बाटामा पर्ने कपिलवस्तुको गोरुसिङेमा पनि लगभग पाँच घण्टा मैले आफ्ना कुरा भट्ट्याएँ । कुरो वर्ण र वर्ण–विन्यासकै थियो । असाध्यै रमाइला शिक्षक मित्रहरू परिवर्तित वर्ण–विन्यासले बेसरी नरमाइलिनुभएको रहेछ ।
नाकथोप्ली ‘ङ’ को दाङ जिल्ला र कपिलवस्तु जिल्लाको गोरुसिङे ‘ञ’, कति रमाइलो संयोग ! मैले राम्रो ‘म’ थपिहालेँ । त्यहाँ संयुक्त अक्षरका सम्बन्धमा विशेष चर्चा चल्यो । मैले विद्यावारिधिको शोधका सन्दर्भमा तयार पारेको संयुक्त वर्ण वा अक्षरको बनोटका लागि एक घण्टा समय खर्चिएँ । “तरुनीको ‘त’ तथा रेखाको ‘र’ को चमत्कार !” मैले यति भन्नेबित्तिकै सभाकक्ष हास्यमय भयो । ‘त’ अथवा ‘र’सँग संयुक्त हुन जाँदा आधा क् , आधा त् अनि आधा श् को स्वरूपमा परिवर्तन आउँछ । ऋसँग संयुक्त हुँदा श ठाडो स्वरूप छोडेर तेर्सो स्वरूपमा फेरिन्छ ।
आधा क् – m अथवा व् m स्वरूपमा परिणत भएकै कारण ‘क्त, क्र अथवा व्रm’ बन्छ । भक्त, शक्ति, काँक्रो÷काँव्रmो आदि सयौँ शब्दहरूमा यस्ता संयुक्त अक्षरहरूको प्रयोग हुन्छ । अकस्मात् नायिकालाई देखेपछि नायकको स्वरूप परिवर्तन भएजस्तै गरी रेखाको ‘र’ लाई देख्नेबित्तिकै तन्नेरीको ‘त’ तेर्सो पर्छ । त्र=त्र । ‘त्र’मा रहेको आधा ‘त् ’ तेर्सो परेर – बनेको छ । आधा ‘त’ को अतिरिक्त भार बोक्नुपरेकाले ‘र’ लच्किएर उल्टिएको छ । तेर्से त ( – ) अनि उल्टो र ( ा्र ) मिलेर ‘त्र’ बनेको छ । पत्र, छात्र, छात्रा, पात्रो, त्रिण आदिमा प्रयुक्त ‘त्र’को कुरो म उत्ताउलाले चम्की–चम्की रटिरहेँ—“रेखाको र देखेर तन्नेरीको त तेर्सो पर्छ अथवा रामको र देखेर तरुनीको त तेर्सो पर्छ ।” संयोगवश मेरो सामुन्नेकै अग्रासनमा रेखा खनाल गुरुआमा हुनुहुँदो रहेछ । अविवाहिता तर असाध्यै सुयोग्या शिक्षिका । कार्यक्रमको अन्तमा मात्रै यो रहस्य उद्घाटित भयो । दैवले बचाए कि आफ्नै जुक्तिले बचेँ । मेरो ठट्टाले उहाँलाई नरमाइलो बनाएनछ । उहाँ त मुसुक्क मुस्काउनुभएको थियो । उहाँकै ठाउँमा अर्की कुनै आडम्बरी शिक्षिका हुनुभएको भए मेरो कपाल बेडाएरै छोड्नुहुन्थ्यो । रेखा खनाल गुरुमाको शालीनतालाई मेरो हार्द अभिवन्दना छ ।
रेखाकै र लाई देखेपछि श्रीमान्को श पनि तेर्सो पर्छ र ‘श्र’ बन्छ । आधा तालव्य ‘श’ जोईटिङ्ग्रे स्वरूप देखाउँदै तेर्सो पर्छ । रेखाको र ले उसलाई उचाल्नुपर्दा बाङ्गिनुपर्छ । श्रम, विश्राम, आश्रित, श्री, श्रीमान्, श्रीमती, श्रेष्ठ, श्रोता आदि शब्दहरू ‘श्र’ बाटै बनेका छन् । देवनागरी लिपिका संयुक्त वर्ण वा अक्षरहरू तीन सय पचासभन्दा बढी छन् । ती सबैलाई जम्मा चारवटा सूत्रबाट टुक्रा पार्न सकिन्छ । भाषा, लिपि आदि मानवीय सम्पत्ति हुन् यसैले मानवको स्वभाव लिपिमा र संयुक्त वर्ण अथवा अक्षरमा पनि प्रतिविम्बित भएको छ ।
नैकाप, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































