साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो काठमाडौंमा

Nepal Telecom ad

धुलोधुँवा भीडभाड हुन्छ तिम्रो काठमाडौंमा
सधैं तँछाडमछाड हुन्छ तिम्रो काठमाडौंमा ।

खुशी खोज्ने नियत राखी कोही नआए हुन्छ
जिन्दगीनै उजाड हुन्छ तिम्रो काठमाडौंमा ।

पानी पनि किन्नुपर्छ अरु झन के कुरा
क्षणमै गोजी टाट हुन्छ तिम्रो काठमाडौंमा ।

बागमती र विष्णुमती नाममै सीमित रैछन्
फोहोरकै पहाड हुन्छ तिम्रो काठमाडौंमा ।

चोर फटा अपराधी बलत्कारी दलालहरूलाई
मन्त्रीज्यूको आड हुन्छ तिम्रो काठमाडौंमा ।

छेउकै घरको छिमेकीलाई दुःख पर्दा पनि
अर्को घरमा चाड हुन्छ तिम्रो काठमाडौंमा

खगेनकोट–९, मंसिरी, जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x