साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्न शौचालय बाँकी छ !

Nepal Telecom ad

शौचालय मात्रै रह्यो बाँकी

जहाँ जाने बित्तिकै आफ्नो काम हुन्छ
किनभने, न त्यहाँ कुनै दर्ता चलानी,
न बाहिर बोर्डमा हाकिमको नाम हुन्छ ।

ढिलासुस्ती त जताततै यस्तरी बढेको छ
बच्चा जन्मिइसक्यो, बिहे हुन बाँकी छ
विदेशबाट एम.ए.को प्रमाणपत्र आइ सक्यो
स्वदेशबाट एसएलसी पास गर्न बाँकी छ ।

२०४७ मा २०५ जनाले ६ महिनामा नया संविधान लेखेथे
२०७० मा ६०१ जनाले ५ वर्ष काम गर्दा पनि सक्न बाँकी छ
ढिलासुस्ती यति बढेको छ, कार्य क्षमता यति घटेको छ
देश गणतान्त्रिक भैसक्यो, प्रान्तको सङ्ख्या तोक्न बाँकी छ ।

विदेशी नागरिक देशको सांसद बनिसके
देशको सरकारले यो कुरा अझै थाहा पाउन बाँकी छ
कसरी गुण गाउँ देशका सपुतहरूको
तिनको मृत्युको खबर अझै आउन बाँकी छ ।

विकासका सम्भावनाहरूको कुरा सुन्दासुन्दा कान पाकी सके
एउटा पनि सम्भावना यथार्थ बन्न बाँकी छ
मेलम्चीका कुरा सुरु गर्ने बुढा भएर मरी पनि सके
मेलम्चीको पानी आउने त कुरा छोडौं,
मेलाम्चीसम्म मानिस जाने बाटो पनि बन्न बाँकी छ ।

जाने बित्तिकै आफ्नो काम हुने
बाटोको कुनो वैकल्पिक शौचालय धन्न बाँकी छ
सरकारले यो कुरा पक्का थाहा पाउला एक दिन
अनि उसले त्यहाँ आफ्नो कर्मचारी नियुक्त गर्न बाँकी छ ।

बत्तिसपुत्तली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x