साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोथी बास्नु हुँदैन

Nepal Telecom ad

सधैं सधैं घरका धुरीहरूमा
आँगनहरूमा, बार्दलीहरूमा
घाँटी तन्काउँदै, शिउर हल्लाउँदै
बास्ने काम भलेको हो
आवाज उकास्ने काम भलेको हो
पोथीले मात्र कर्कराउनुपर्छ
आक्रोशका घुट्काहरू चुपचाप निल्नुपर्छ
अण्डा पार्नुपर्छ, ओथारा बस्नुपर्छ
चल्ला काढ्नुपर्छ
तन्मयतापूर्वक बच्चा हुर्काउनुपर्छ
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बाँस्नु हुँदैन ।

तौली तौली बोल्नुपर्छ
शब्दमा आदरभाव घोल्नुपर्छ
पाउमा निहुरिनु पर्छ
दाशताको फूल सिउरिनु पर्छ
लक्ष्मण रेखा नाघ्नु हुँदैन
अधिकार माग्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

आँसु हतियार हो
स्थिति अनुसार उपयोग गर्नुपर्छ
मुस्कान हतियार हो
परिस्थिति अनुसार उपयोग गर्नुपर्छ
साँचो कुरा बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हँुदैन ।

टेक गर्नु हुँदैन
थुनछेक पनि गर्नु हुँदैन
मालिक मालिक रट्नुपर्छ
यन्त्र भएर खट्नुपर्छ
नयाँ परिवेशमा टेक्नु हुँदैन
नयाँ बिचार राख्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

सारै अनिष्ट हुन्छ
नीतिनियम रुष्ट हुन्छ
ठुलो अवरोध सहनुपर्छ
आँसुको नदीमा बग्नुपर्छ
सपना तुहिन सक्छ
जीवन चुँडिन सक्छ
ओथारोको अण्डा
त्यसै त्यसै कुहिन सक्छ
चल्लाको कलिलो जीवन
नफुल्दै झर्न सक्छ
प्रहार हुनसक्छ
संहार हुनसक्छ
त्यसैले चेतनाको डाक बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुदैन
पोथी बाँस्नु हुँदैन

अवरुद्ध चेतना
कहिलेकाहीँ प्रवाहित हुनखोज्दा
जड्ताको बिरुद्ध
गतिशीलताको पाइलो चाल्न खोज्दा
उज्यालोले कुत्कुत्याए पछि
आँटिला मुटुहरूले मुख खोल्दा
साँचो कुरा बोल्दा
आतङ्कित बर्वरताहरू
एकैपटक ब्युँझिएर
जीवनको बिरुद्ध
मृत्युघण्ट ठोक्न सक्छन्
एकोहोरो शंख फुक्न सक्छन्
त्यसैले ठुलो आँट नलिई
दरिलो साथ नलिई
काँडाघारीमा पस्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

‘म उभिएको ठाउँ’ कविता सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x