साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अगाडि हिँड्नेसँग

Nepal Telecom ad

धेरैलाई लागेको थियो
मुलुक यस्तो होस् −
सुन्दर
सम्पन्न
सभ्य होस्
सबैको ओठमा हाँसो होस्
मन प्रफुल्ल
आँखामा कौतुहल र बिश्वास भरियोस्
सबैका छातिमा
हिमाल, पहाड र मधेसको माया अटाइ नअटाइ होस्
भोक इतिहास होस्
रोग हराओस्
सिर्जनाको पौल होस्
साँच्चै मुलुक सुन्दर होस्
शान्त होस्
रहर लाग्दो होस् ।
तर भएन
केही भएन
हुने लक्षणसम्म पनि पो भएन
बरु
भताभुङ्ग भयो
लथालिङ्ग भयो
मुलुक
अनेक पीडाले डामिएर
क्षत बिक्षत भयो
सिर्जना हरायो
सभ्यता हरायो
अहिले त मुलुक
मुलुक जस्तो पनि पो भएन
यो मुलुकलाई माया गर्ने मान्छे नै भएन
भएर पनि भए जस्तै भएन ।
अगाडि हिँड्ने मान्छेहरू !
तपाईका कान छोपिएका छन्
कचेराले टालिएछन्
आँखा, खोज्नुपर्छ
तपाईका कानमा
बतास पनि लाग्दैन
तपाईका आँखामा हतास पनि छाउँदैन
हाम्रो मन पो
बतासले उडाउन लागेको छ
हामीलाई हतासले
निल्न लागेको छ
हाम्रा मन भित्रको मुलुक
किन
आजकाल तपाईंलाई
नदेखिने भएको छ ?
किन ?
त्यो छातिमा
मुलुकको माया हराएको छ ?
ए ! अगाडि हिँड्न रहर गर्ने मान्छे !
हिँड्न त बाटो चाहिन्छ
बाटो हिँड्नुपर्छ
बाटो हुन माटो चाहिन्छ
न बाटो, न माटो
तपाईं कता जाँदै हुनुहुन्छ ?
तपाइलाई थाहा छ ?
विरतामोड, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x