साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन कठै भन्छौ ?

Nepal Telecom ad

आँखाको आँसु सुकेपछि कठै भन्छौ
रोपेर भाला दुखेपछि कठै भन्छौ ।

माग्दाखेरि सहारा टेरेनौ स्वार्थीले
विदेशी भूमि पुगेपछि कठै भन्छौ ।

बाध्य भै विदेशीको पाउ मल्दा आज
लाचार भै शिर झुकेपछि कठै भन्छौ ।

देशकै लागि केही गरी मरूँ भन्थें
आदर्श सबै चुकेपछि कठै भन्छौ ।

नेपाली अस्तित्व बोकिहिँड्ने मेरो पाइला
टक्क आज रूकेपछि कठै भन्छौ ।

लाचार र विवश भै मैले विषसेवन गर्दा
मृत्युले बाटो ढुकेपछि कठै भन्छौ ।

हाल : मलेसिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रुपियाँ

रुपियाँ

पुरूषाेत्तम सिग्देल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x