काशीनाथ मिश्रितकिन कठै भन्छौ ?
आँखाको आँसु सुकेपछि कठै भन्छौ
रोपेर भाला दुखेपछि कठै भन्छौ ।
माग्दाखेरि सहारा टेरेनौ स्वार्थीले
विदेशी भूमि पुगेपछि कठै भन्छौ ।
बाध्य भै विदेशीको पाउ मल्दा आज
लाचार भै शिर झुकेपछि कठै भन्छौ ।
देशकै लागि केही गरी मरूँ भन्थें
आदर्श सबै चुकेपछि कठै भन्छौ ।
नेपाली अस्तित्व बोकिहिँड्ने मेरो पाइला
टक्क आज रूकेपछि कठै भन्छौ ।
लाचार र विवश भै मैले विषसेवन गर्दा
मृत्युले बाटो ढुकेपछि कठै भन्छौ ।
हाल : मलेसिया
Subscribe
Login
0 Comments
Oldest





































