साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहयात्रा

Nepal Telecom ad

श्रमिक म
श्रम मेरो जीवन
सभ्रान्त तिमी
सोख तिम्रो जीवन
तिम्रो नजिकमा म
पसिना गनाउछु
तिम्रो अत्तरको झ्वाँस
म त्यसै रनथनाउँछु
हामी बीचको खाडल गन्धैले जनाउँछ
नजिक नआऊ,
मलाई तिम्रो अत्तर ठ्वास्स ठ्वास्स गनाउँछ ।

म ग्रामीण
कुटो कोदालोको साथी
तिमी शहरिया
बिलासिताको दासी
तिमीलाई म पाखे, मदिसे, खाते
मलाई तिमी अल्छी, पाटे, भाते
मेरा सरल दृष्टि
तिम्रा लागि लठ्ठुपन
तिम्रा चस्मे हेराइ
मेरा लागिी छट्टुपन
अवश्य हामी बीच खाडल छ
नहेर यता मलाई,
मलाई तिम्रो नजर झ्वास्स झ्वास्स बिझाउँछ ।

म जनता
तिमीलाई पत्याइ दिने
तिमी नेता
मलाई लत्याइ दिने
तिमीलाई म– माथि चढ्ने लिस्नो
मलाई तिमी– छाती पोल्ने सिस्नो,
म केवल एक घङेगारू
खोला वारि लठ्ठी खोला पारि झट्टी
उठाउनु पर्ने हुन् तिम्रा वाणीले, उल्टै थचार्छ
कमै बोल मसित,
तिम्रा भाषणले मेरो पेट भित्रैदेखि बटार्छ ।

के तिमी चाहन्छौ हामी बीचको भड्खालो पुर्न ?
र चाहन्छौ सहयात्रा गर्न ?
आऊ तिमी मूल्य देउ श्रमलाई
म कदर गर्ने छु तिम्रो अत्तरको
कालो चस्मा तिमी फाल नेत्रको
कालो मयल म फाल्नेछु भित्रको
होऊँ म तिम्रो र तिमी मेरो लिस्नो
दुबैको चुलामा पाकोस् सिस्नो
पौठा समाउ एक अर्काको र
खोला तरेपछि लठ्ठी नबिर्सौं हामी
हेक्का राखौं हजारौ जँघार छन् अगाडि ।

आऊ ! मिलेरै तरौं यी जँघार र भँगाला
सँगै हटौं पछाडि सँगै बढौं अगाडि ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x