साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेइमानहरू यो देशमा

Nepal Telecom ad

कतै पनि शान्ति छैन परेसान छ यो देशमा
इमानलाई खाइरहेको बेइमान छ यो देशमा

चारैतिर निरीह छन् आशालाग्दा अनुहारहरू
तिनैमाथि कुल्चिहिँड्ने जवान छ यो देशमा

कहाँ छन् र सपनाहरू गरिबीको रेखामाथि
जिन्दगानी घीनलाग्दो रछान छ यो देशमा

देशलाई विकास गर्दै जनदुःख हर्छाैं भन्दै
भाषण गर्नेहरूको मात्र बथान छ यो देशमा

जताततै अँध्यारो छ न बिहान छ उदाउँदो
न त कानुन मान्नेहरू न संविधान छ यो देशमा ।

जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x