साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनैले मानेन

Nepal Telecom ad

कुच्चेको गाग्री काँधमा बोकेँ
कचेरा मिच्दै पँधेरा पुगेँ
पानीलाई पालो एक घण्टा कुरेँ
भत्केको धारो नजिकै पुग्दा
फोहोरी पानी झरेको देखेँ
धिक्कार छ भन्दै तरक्क तर्कें
लिई रित्तो गाग्री फरक्क फर्कें
कोशीको पानी लिन जाउँ भने हुतीले धानेन
धाराको पानी ल्याउनु त हुन्थ्यो, मनैले मानेन ।

कृषकको पूजा खेत बारी मेला
श्रमका साक्षी हातैका ठेला
थाकेको ज्यान भोकाको भुँडी
मेलालाई सकी फर्किंदा हुँदी
थकान मेट्न चौतारो पुग्दा
चौतारो हैन भट्टी पो देखेँ
धत्तेरी ! भन्दै त्यहाँबाट हिँडे
जँड्यहा धपाइ सितल ताप्न यो ज्यानले जानेन
लफङ्गा छेउमा थचक्क बस्न मनैले मानेन ।

फुर्सतको बेला गाउँघरको चासो
के गरे बच्ला पुर्खाको नासो
पाटी र पौवा चौतारो धारो
जोगाउन हाम्लाई किन भा गाह्रो
केही त सुन्लान् गण्य र मान्य
भनेर धेरै ठालुकाँ धाएँ
के हुन्थ्यो ठालु फटाहा पाएँ
यी फटाहाले बनाउलान् गाउँ चित्तैले ठानेन
ती बेकुफहरूलाई बिन्तिभाउ गर्न मनैले मानेन ।

दिक्दारी मान्दै बेल्का घर पुगेँ
किस्नेकी आमालाई एकैछिन कुरें
आएसी उन्लाई सबैथोक भनेँ
बेथिती रोक्न के गर्ने सोधेँ
चिन्तामा चिन्ता मिसाउँदै भनिन्
फापर छर्यौं उब्जियो काउसो
यो छाडातन्त्र हामीलाई भाउँतो
कुन बारी खन्दा फल्नेछ अन्न म भन्छु त्यै खनुँ
दुःखले आर्ज्या लोकतन्त्र बारी मासौं पो के भनुँ ?

२०७० चैत्र ११
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x