साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्कौली

निबासमा ओइरिने कार्यकर्तालाई चिया खुवाउन पनि पुग्दैन, त्यो कम सुविधाले गर्दा मैले खेतबारी नै बेच्नुपर्ने अवस्था आउँछ कार्यकर्ता पाल्न।

Nepal Telecom ad

अमर अधिकारी :

(दुईजना साथी भेट भएपछि चिया पसलमा पसेर गफमा देखिए)

रामेश्वरः मैले त मुख नधोइकन खाना खान थालेको धेरै भैसक्यो।

दामोदरः तपाईँ जस्तो पण्डितको छोराले यस्तो भन्न सुहाउँछ?

रामेश्वरः अनि दिनहुँ नुहाएपछि बेग्लै मुख धुनु जरुरी छ र ?

(दुई पार्टीका दुई उम्मेदवारबीचको संवाद)

पहिलोः मैले बेकारमा उम्मेदवारी दिएछु हारेपछि खुशी हुनेछु म त, तपाईँ जित्नुस्, शुभकामना छ।

दोस्रोः अरु जितेपछि खुशी हुन्छन्, तपाईँ त बेखुशी हुन्छु पो भन्नुहुन्छ, किन हो ?

पहिलोः यदि चुनाव जितिएमा सरकारले थोरै सुविधा दिन्छ, निबासमा ओइरिने कार्यकर्तालाई चिया खुवाउन पनि पुग्दैन, त्यो कम सुविधाले गर्दा मैले खेतबारी नै बेच्नुपर्ने अवस्था आउँछ कार्यकर्ता पाल्न।

(बिहानै श्रीमान-श्रीमतीका कुरा)

श्रीमतीः हैन तपाईँले भगवानको पूजा गर्न छाडेर मान्छेको पूजा किन गर्नुभएको ?

श्रीमानः भगवानका मूर्ति कुँद्ने र चित्र कोर्ने मान्छे हुन् यी। यिनी नभएको भए भगवान कसरी बन्थे ? खोई कुरा बुझेको ?

(नातीले होमवर्क गर्दैगर्दा हजुरबाको आदेश)

हजुरबाः मेरो चस्मा कता हरायो नाती ? खोजि देऊ त ! भर्खरै यहीँ थियो।

नातीः मिसकल दिनुस् न हजुरबा ! अस्ति मम्मीले मोबाइल खोज्दा नभेटेपछि बाबाले “मिसकल देऊ न ! भेटिन्छ” भन्नुभाको थियो।

०००
खुंग्री रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
हत्तेरी ! यस्तो पनि हुँदाेरहेछ

हत्तेरी ! यस्तो पनि...

शेषकान्त गौतम
0
Would love your thoughts, please comment.x
()
x