सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तिमेरु साह्रैनै बेइमानी

सङ्ख्या घटाउ सांसदको पचहत्तर बनाऊ प्रदेश सरकार चाहिँदैन भन्ने कानुन बनाऊ ।

Nepal Telecom ad

जयबहादुर घिमिरे :

प्याराेडी

गीतको बोल : बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभनेको  लयमा

तिमेरु साह्रैनै बेइमानी पर्ख तिम्लाइ लात्ताले नहानी
एक एक बोकी चिर्पट, छोड्नु हुन्न यिनलाई अब त

देश बनाउने सपथ खाई सांसद भवन गाका
देश लुटेर आफू मात्रै धनी हुँदै गाका ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

देश विकास गछौं भन्दै राख्दै गाछन भाका
गरीबदुखी जनतालाई लगाईसके पाखा ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

पाटी भन्दा देश ठूलो मान अब तिम्ले
नत्र भने छाड्‌ने छैनौ अबदेखि हाम्ले ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

कानुन बनाऊ राष्ट्रपति, प्रधानमन्त्री छान्ने
प्रत्यक्ष भोट जनताले देको मात्रै मान्ने ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

सङ्ख्या घटाउ सांसदको पचहत्तर बनाऊ
प्रदेश सरकार चाहिँदैन भन्ने कानुन बनाऊ ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

यस्तो कानुन बनाएमा देशको विकास हुन्छ
जनताको जीवनस्तर सगरमाथा छुन्छ ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

०००
संखुवासभा
फोन: ९८५२०६६६३९

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Jaya Ghimire
Jaya Ghimire
11 months ago

फाेन न गल्ती भएको छ सच्याएर छाप्नु 9852066639

Jaya Ghimire
Jaya Ghimire
11 months ago
Nepal Telecom ad
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
काेदाकाे पानी

काेदाकाे पानी

रामप्रसाद पन्थी
बादल भुटानी

बादल भुटानी

भवानी बराल
बामदेउ कुरान

बामदेउ कुरान

भवानी बराल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
2
0
Would love your thoughts, please comment.x
()
x