सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाबुआमा (काव्यांश- ६)

फुल्नेछन् फूल नौला हृदय सुख दिने भावनाका जुहार । बन्नेछन् दिव्य नामी दिलरस बटुली सौख्य भर्छन् मुहार ॥ खोजी रोजेँ म यौटा असल फल दिने बोट नौलो सिँगारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

फक्रन्छन् फूल आफैँ भुवन सुख दिई रम्छ आफू नियालूँ ।
राम्रो बाँडेर रम्ने पथ असल छ यो चेत खुट्टा म चालूँ ॥
जम्मै फ्याँक्नेछ दुख्ने सकस हृदयका दिव्य ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२६॥

लड्छन् सन्तान आफ्ना अवनि उरविषे प्राप्ति नौला उमार्न ।
टिप्नेछन् प्राप्ति जस्ता मनखुस म धरूँ दुष्ट चिन्ता लघार्न ॥
झुल्केला सूर्य अर्को रजनिपछि भनी चेत हाँसोस् विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२७॥

मान्छे श्रोता र वक्ता खुद छ हित चुनी बढ्न सक्ने सुबाटो ।
मान्छे द्रष्टा र स्रष्टा कृत गुण हितका भर्छ त्यागोस् कुबाटो ॥
वृद्धा हुन् स्रोत उम्दा हितगुण बटुली भर्न जानोस् भकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२८॥

राम्रो बिग्रन्छ केले? मनन गर उठी जान्दछन् वृद्धवृद्धा ।
पक्रे बाटो क्रियाको असल फल मिली बढ्छ आफ्नै प्रतिष्ठा ॥
मान्छे बन्नेछ आफू बुध जन अगुवा मन्त्र मानोस् सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२९॥

फुल्नेछन् फूल नौला हृदय सुख दिने भावनाका जुहार ।
बन्नेछन् दिव्य नामी दिलरस बटुली सौख्य भर्छन् मुहार ॥
खोजी रोजेँ म यौटा असल फल दिने बोट नौलो सिँगारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३०॥

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाबुआमा (काव्यांश- २८)

बाबुआमा (काव्यांश- २८)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- २७)

बाबुआमा (काव्यांश- २७)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- २६)

बाबुआमा (काव्यांश- २६)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- २५)

बाबुआमा (काव्यांश- २५)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश – २४)

बाबुआमा (काव्यांश – २४)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- २३)

बाबुआमा (काव्यांश- २३)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- २८)

बाबुआमा (काव्यांश- २८)

दीनानाथ पाेखरेल
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
त्यो दागबत्ती कुरी

त्यो दागबत्ती कुरी

रामशरण न्याैपाने
मेरा बा र म बा

मेरा बा र म...

रमेश राज अर्याल
तँ अब मुढाे भइस्

तँ अब मुढाे भइस्

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x