साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ६)

फुल्नेछन् फूल नौला हृदय सुख दिने भावनाका जुहार । बन्नेछन् दिव्य नामी दिलरस बटुली सौख्य भर्छन् मुहार ॥ खोजी रोजेँ म यौटा असल फल दिने बोट नौलो सिँगारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

फक्रन्छन् फूल आफैँ भुवन सुख दिई रम्छ आफू नियालूँ ।
राम्रो बाँडेर रम्ने पथ असल छ यो चेत खुट्टा म चालूँ ॥
जम्मै फ्याँक्नेछ दुख्ने सकस हृदयका दिव्य ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२६॥

लड्छन् सन्तान आफ्ना अवनि उरविषे प्राप्ति नौला उमार्न ।
टिप्नेछन् प्राप्ति जस्ता मनखुस म धरूँ दुष्ट चिन्ता लघार्न ॥
झुल्केला सूर्य अर्को रजनिपछि भनी चेत हाँसोस् विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२७॥

मान्छे श्रोता र वक्ता खुद छ हित चुनी बढ्न सक्ने सुबाटो ।
मान्छे द्रष्टा र स्रष्टा कृत गुण हितका भर्छ त्यागोस् कुबाटो ॥
वृद्धा हुन् स्रोत उम्दा हितगुण बटुली भर्न जानोस् भकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२८॥

राम्रो बिग्रन्छ केले? मनन गर उठी जान्दछन् वृद्धवृद्धा ।
पक्रे बाटो क्रियाको असल फल मिली बढ्छ आफ्नै प्रतिष्ठा ॥
मान्छे बन्नेछ आफू बुध जन अगुवा मन्त्र मानोस् सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२९॥

फुल्नेछन् फूल नौला हृदय सुख दिने भावनाका जुहार ।
बन्नेछन् दिव्य नामी दिलरस बटुली सौख्य भर्छन् मुहार ॥
खोजी रोजेँ म यौटा असल फल दिने बोट नौलो सिँगारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३०॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x